अवैधरुपमा कालीगण्डकी उत्खनन् गर्ने चार जनालाई सार्वजनिक मुद्दा !

बागलुङ २०७५ साउन २ । गत असार ३२ गते राति ११ बजेको समयमा बागलुङ नगरपालिका १० दब्ल्याङ कालीगण्डकीे किनारमा बा १ क ८७१९ नम्बरको स्काभेटर प्रयोग गरी अवैधरुपमा गिट्टी, बालुवा र ढुंगा समेत उत्खनन गरिरहेको मौकामा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले बागलुङ ताराखोला गाउपालिका ४ बस्ने वर्ष २४ को पृथ्वी खत्री,मकवानपुर हेटौडा उप महानगरपालिका १७ बस्ने वर्ष २५ को विजय लामा, ऐ बस्ने वर्ष २६ को वीरबहादुर लामा र बिरुवा गाउपालिका ७ बस्ने वर्ष १९ को भीमबहादुर थापालाई नियन्त्रण लिई केहि सार्वजनिक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याथ थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *