जन्मदिनको अवसरमा समाजसेवी भण्डारीव्दारा मानवसेवा आश्रमलाई रु १० हजार सहयोग !

बागलुङ २०७५ साउन २ । गल्कोट नगरपालिका ३ का वडाध्यक्ष युवा समाजसेवी बीरजंग भण्डारीले बागलुङ सदरमुकाम स्थित मानव सेवा आश्रमलाई आफ्नो जन्म दिनकोे अवसरमा रु १० हजार अर्पण गरेका छन् ।

उनले आज आश्रममा आयोजित एक कार्यक्रमका बीच मानवसेवा आश्रमको सेवा कार्यलाई सरल एवं सहज बनाउन दिएको सहयोगको आश्रमले उच्च मुल्यांकन गरेको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भण्डारीले भविष्यमा पनि आश्रमबाट प्रवाह गरिने मानवीय सेवाको लागि सक्दो सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाएका थिए ।

सहयोग हस्तान्तरण समारोहमा बानपा २ का वडासदस्य रोशन खड्का, अर्जुन बाण गण सेराडिलका चन्द्र प्रकाश उप्रेती, दिपक कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा आश्रम परिवारका तर्फबाट वडाध्यक्ष भण्डारीको सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरिएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *