Menu

बडीगाडका १० जना युवा उद्यमीहरुलाई १ लाख ४० हजारका दरले चेक हस्तान्तरण

दिनेश शर्मा बडीगाड २०७५ साउन २ । आज बडीगाड गाउपालिका खर्बाङमा बडीगाड युवामन्चको आयोजनामा युवा उद्यमि प्रोत्साहन तथा चेक बितरण कार्यक्रम सम्पन्न भएको छ ।

आजको कार्यक्रम बडीगाड युवामन्चका अध्यक्ष ढालेन्द्र शेरचनको अध्यक्षता बडीगाड गाउकार्यपालिका कृषि बिभाग प्रमुख तथा वडा न १ का वडाअध्यक्ष बोम बहादुर थापा वडा न २,६,७ का वडाअध्यक्षहरु क्रमश हिमा खरेल, मौसम काजी क्षत्री ,कृष्ण गुरुङ ,बडीगाड गाउपालिका महिला तथा बालबालिका समन्वय समितीका अध्यक्ष बिना थापा, पशुसेवा कार्यलय बडिगाडका प्रमुख महेन्द्र पन्थी १० ओटै वडाका छनोटमा परेका एक वडा एक युवा उधमी मा परेका १० जना युवा उधमीको उपस्थिति रहेको थियो।युवा उधमीहरुलाई प्रती उधमी एकलाख चालीस हजारका दरले रु चौधलाख रुपैयाको चेक बितरण गरिएको छ।

युवाहरुले गाउपालिकाको एक लाख चालीस हजार र आफ्नो रु सत्तरी हजार लगानी गरि कुल रु दुइलाख दस हजार बराबर को काम गरि ब्यवसाय सुरु गरिसकेका छन ।

आजको कार्यक्रममा बोल्ने बक्ताहरुले उधमीलाई बैदेशिक रोजगारलाई बिस्थापन गर्ने र नमुनाको रुपमा परिचित हुने गरि काम गर्न अनुरोध गरेका एि ।

उक्त कार्यक्रम बडीगाड युवामन्चका उपाध्यक्ष दिनेश शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा कोषाध्यक्ष बेलु गिरी र सहसचिब प्रदिप खरेलको सहजिकरण र मन्चकी सचिब सुमित्रा घिमिरे खत्रीको सन्चालनमा सम्पन्न भएको थिया ।

बडिगाड युवा मन्च लाइ बडिगाड गाउपालिकाले अघिल्लो आर्थिक बर्षमा रु बिसलाख रुपैया बिनियोजन गरेको थियो सोही बजेट अन्तर्गत रहेर बिबिध कार्यक्रम सन्चालन गर्दै आएको हो यश सस्था ले यसभन्दा अगाडि पत्रकारिता तालिम ट्राफिक सचेतना लगाएतका कार्यक्रम हरु गरिसकेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *