जिल्ला प्रशासन र एककिृत सेवाकेन्द्रबाट मतदाता तथा व्यक्तिगत विवरण संकलन कार्य सुरु !

बागलुङ २०७५ साउन २ । जिल्ला निर्वाचन कार्यालय बागलुङले जिल्ला प्रशासन कार्यालय बागलुङ र एकीकृत सेवा केन्द्र बुर्तिवाङमा छुट्टै डेस्क राखी फोटो सहितको मतदाता नामावली तथा व्यक्तिगत विवरण फारम भरी विवरण संकलन सुरु गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी श्यामकुमार थापाका अनुसार १६ वर्ष उमेर पुगेका र त्यस भन्दा माथी उमेरका नागरिकताको प्रमाणपत्र लिएकाहरुको साउन १ गते देखी विवरण संकलन कार्य सुरु गरिएको छ ।

सूचना अधिकारी थापाले निर्वाचन कार्यालयमा यो कार्य नियमितरुपमा जारी रहेका जानकारी दिँदै आगामी कात्तिक मसान्त सम्म जिप्रका बागलुङ र एसेकेन्द्र बुर्तिवाङमा विवरण संकलन कार्य जारी रहने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *