Menu

सामाजिक चेतना अभिबृद्धिमा शिक्षाको महत्वपूर्ण स्थान : प्रजिख खरेल

बागलुङ २०७५ साउन २ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले सामाजिक चेतना अभिबृद्धिमा शिक्षाको महत्वपूर्ण स्थान हुने भएकाले बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सबैले गुणस्तरीय शिक्षाको लागी काम गर्नु पर्ने बताएका छन् ।

यस क्षेत्रकै पुरानो र प्रतिष्ठित बिद्यामन्दिर माध्यमिक विद्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रजिअ खरेलले बिद्यामन्दिर माबिको भौतिक प्रगति देखेर खुशी लाग्यो, बिद्यामन्दिरको शैक्षिकस्तर पनि बृद्धि हुँदै जाओस भन्ने शुभकामना दिए ।

कार्यक्रममा विद्यामन्दिर माविका प्रधानाध्यापक जगन्नाथ आचार्यले प्रजिअ खरेलको स्वागत गरेका थिए ।

सोहि कार्यक्रममा बिद्यामन्दिर माबिको महिला छात्राबास व्यवस्थापन समितिको बैठक पनि सम्पन्न भएको थियो । बैठकमा छात्रावासमा रिक्त १२ जना छात्राहरुको लागि सम्वन्धित जिल्लाहरुमा पत्राचार गर्ने निर्णय भएको प्रअ आचार्यले ईबागलुङलाई जानकारी दिए । प्रअ आचार्यका अनुसार नयाँ बनिरहेको छात्रावासको क्षमता अनुसार अझ १० जना छात्राहरुको कोटा थप्नका लागि सम्वद्ध निकायमा अनुरोध गरी पठाउने निर्णय भएको छ ।

प्रजिअ खरेलको विशेष उपस्थितिमा छात्रावास सन्चालक समितिका अध्यक्ष जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रखुख कुश्मराज उपाध्यायको अध्यक्षतामा सम्पन्न बैठकमा समितिका सदस्य जिल्ला समन्वय अधिकारी नारायण सापकोटा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, छात्रावासकी वार्डेन गंगा शर्मा, आमन्त्रित सदस्य डिल्लीराज गौतम लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा सामाजिक अभियन्ताहरुलाई स्वागत सम्मान गर्ने जिल्ला प्रशासन कार्यालयको अभियान अन्तर्गत प्रजिअ खरेलले बिद्यामन्दिर माबिका प्रअ आचार्य सहित विभिन्न व्यक्तिहरुलाई स्वागत सम्मान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *