बानपा-१ रामरेखामा म्याग्दी बेगखोलाका विकव्दारा आत्महत्या !

बागलुङ २०७५ साउन २ । बागलुङ नगरपालिका १ रामरेखामा एक जना बस चालकले झुण्डिएर आत्महत्या गरेका छन् । म्याग्दी रहुगंगा गाउपालिका बेगखोलाका अन्दाजी ३०।३२ वर्ष उमेरका राजु बिकले पंखामा झुण्डिएर आत्महत्या गरेको बताईएको छ ।

बानपा १ का वडाध्यक्ष दुर्गाबहादुर बोहराका अनुसार स्थानीय दिपक बोहोराको घरमा श्रीमती र बालबच्चा सहित डेरागरी बस्ने मृतक बिकले आत्महत्या गर्नुको कारण केहि थाहा नभएको बताए । डेरामा बस्ने अरुहरुले पनि राति केहि झैझगडा भएको थाहा नभएको र आसपास सबैसंग राम्रो व्यवहार गर्ने गरेको बताए ।

मृतक बिकले बागलुङ काठमाडौ एसी बस चलाउदै आएको श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *