दरबन्दी अनुसारको कर्मचारी नहुँदा तमानखोला गाउँपालिकाको सेवा प्रभावित

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७५ साउन १ ।दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा तमानखोला गाउँपालिकाको सेवा प्रवाहमा समस्या भएको छ । १७ जनाको दरबन्दी भएपनि २ जनामात्र कर्मचारी हुँदा चाहे जस्तो सेवा दिन नसकिएको प्रमुख प्रशासकीय अधिकृत कमल गौतमले बताए ।

अहिले गाउँपालिकामा पौडेलको साथ लेखापालको रुपमा याम थपा हुनुहुन्छ । त्यस्तै, ६ वटा वडा रहेको गाउँपालिकामा २ जनामात्र सचिवले पञ्जिकरण सम्बन्धीको काम गर्नुपरेको छ । त्यसमाथि भौगोलिक विकतटताको कारण सेवा प्रवाह थप प्रभावित भएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई थियो ।

त्यस्तै, गाउँपालिकामा २ जना करारका इन्जिनियरहरुले सवै प्राविधिक काम गर्नुपरेको छ । तर गाउँपालिका धेरै विषयगत शाखाका कर्मचारी रिक्त छन् । प्रशासन शाखा, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा र राजश्व शाखामा कर्मचारी छैनन् भने कृषि शाखा करारको कर्मचारीबाट सञ्चालिन छ ।
त्यस्तै, महत्वपूर्ण मानिएको न्यायिक समितिमा पनि कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या परेको न्यायिक समितिकी संयोजक तथा गाउँपालिका उपाध्यक्ष मानसरी शेरचनले बताईन । कर्मचारीको अभावमा पनि गाउँपालिकामा हुने गरेका द्वण्द्व व्यवस्थापनमा आपुहरुले सक्दो प्रयास गरेको उनले दावी गरिन् ।

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले ठाउँ अपायक र दुर्गम पर्ने भन्दै धेरै कर्मचारीहरु आउन नमान्ने गरेको बताए । धेरै जसो कर्मचारीहरु सदरमुकाम र सुगम पालिकामा दरबन्दी मिलान गरेको र तमानखोला गाउँपालिकाबाट स्थानीय कर्मचारीहरु उत्पादन हुन नसक्दा समस्या भएको उनको भनाइ छ । नयाँ आर्थिक बर्ष शुरु भएको र अव कर्मचारी व्यवस्थापन हुनेमा आफु आशाबादी रहेको अध्यक्ष बुढामगरले बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *