बुर्तिबाङमा भारी बर्षातका कारण मध्यपहाडी लोकमार्ग सहित ग्रामीण सडकमा क्षती !

छविलाल पाण्डे बागलुङ २०७५ साउन १ । बागलुङको पश्चिमी क्षेत्र बुर्तिबाङ लगाएतका स्थानमा भारी बर्षातको भेलसहितको लेदोका कारण बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनमा समेत लेदो सहितको भल पस्दा एकलता भवन पुर्ण रुपमा पुरिएको छ । त्यस्तै भारी बर्षातका कारण सोम पौविको दुईतले घरको एकाभागको गारो भत्किनुका साथै बजारको माथिल्लो भुभाग सिरसिरे खोलामा आएको भल सहितको बगरका कारण हस्पिटल लाईन, सिमेसार, सिनेमारोड लगाएत क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । त्यसक्षेत्रका अधिकांसको घरमा लेदो सहितको भल पस्दा भल पन्छ्यानमानै स्थानियलाई सास्ति भएको हो ।साथै सडक क्षेत्रमा बगर थुपारिएका कारण सडक अबरुद्ध भएका छन् ।

त्यस्तै मध्यपहाडी लोकमार्ग, बुर्तिबाङ–ढोरपाटन सडक खण्ड, बुर्तिबाङ–निसी सडक खण्डसमेत बर्षातका कारण पहिरोल जांदा सडक अबरुद्ध भएको छ ।
भुजी र तमानखोलामा समेत पानीको मात्रा बद्दा २०७३ साल साउन ११ गतेको बाढिको झल्को दिने गरी यसपटक पनी बर्षात भएको भन्दै स्थानिय बासिन्दा त्रासित अबस्थामा रहेका थिए । बर्षातको समयमा थाडो खोल्सा र तमान भुजी खोलामा आउने अनियत्रित बाढि, भेल पहिरोका कारण बुर्तिबाङ बजार अति जोखिममा रहेको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *