चर्चित गायक प्रकाश सपुत एवं गायिका ज्योति लोहनी युएई आउने

खिमलाल पाण्डे , युएई २०७५ साउन १ ( १७, जुलाई २०१८ ) । बागलुङ् जिल्लामा जन्मिएर गीत संगीत क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुत युएई आउने भएका छन् ।सपुतको साथमा बागलुङ्ग ताराखोला जन्मिएकी चर्चित गायिका ज्योति लोहनी पनि युएई आउने भएकी छिन ।
रोजगारीका लागि खाडी मुलुक युएई पुगेका बागलुंगे युवाहरु मिलेर स्थापना गरेको सामाजिक संस्था ” बागलुङ सेवा समाज युएई अहिले युएईमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।संस्थाले नेपाली महिलाहरुको महान चाड हरितालीका तिजको अबशर पारेर युएईमा कार्यरत नेपाली महिलाहरुलाई भरपुर् मनोरंजन दिनको लागि रास्ट्रीय रुपमै ख्याति प्राप्त कलाकारहरुलाई युएई ल्याउने भएको हो ।

आहा मनै छुने गीत ”बोल माया बोल” गीतले कसको मन नछोएको होला र ? सुने पछि धुरुक्कै रुवाउने रचना अनि बैदेशिक रोजगारिकालागी आफ्नो मुलुक छोडेर बाहिरिएका नेपालीहरुको बास्तबिक कथामा आधारित गीतले अहिले युटुब मात्र होइन सामाजिक संजालमा पनि महत्वपूर्ण स्थान ओगटेको देखिन्छ ।

गत शुक्रबार युएईको चर्चित शहर बरदुबईमा बसेको संस्थाको बैठकले रास्ट्रीय स्तरमै ख्याति प्राप्त जिल्लाकै कलाकारहरुलाई युएई निमन्त्रणा गर्ने निर्णय गरेको थियो। बरदुबई स्थित एसमिन होटेलको सभाहलमा बसेको उक्त बैठकले अहिले चर्चित गायक बागलुंगे ठिटो प्रकाश सपुत लाई युऎई ल्याउने निर्णय गरेको हो।

रास्ट्रिय कलाकारहरुको प्रस्तुतिको साथमा युएईमा कार्यरत कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने संस्थाका अध्यक्ष रत्न बिकले जानकारी दिए। अध्यक्ष बिकले भने नेपालमा रास्ट्रीय रुपमै पहिचान बनाउन सफल भएकी स्वरकी धनि लोक दोहोरी गायिका ऋतु थापा मगर युएईमै कार्यरत भएकाले थापा मगरलाई संस्थाले प्रमुख स्थान दिएको छ। साथमा अन्य कलाकारहरुको पनि प्रस्तुति रहने बिकले बताए ।अन्य स्थानिय कलाकारहरुको लागि राज थापालाई जिम्मा दिएको संस्थाका अध्यक्ष बिकले जानकारी दिए ।

त्यस्तै कार्यक्रमको तयारीको लागि संस्थाले संस्थाका क्षेत्रिय तथा केन्द्रिय पदाधिकारीहरुलाई छुट्टा छुट्टै जिम्मेबारी दीइएको संस्थाले जनाएको छ । उक्त तिज बिषेश कार्यक्रम अब आउदो अगस्ट २०१८ मा युएईको बरदुबैइ स्थित रिगल होटेलको सभाहलमा हुनेछ््रटाढाटाढाबाट आउने दर्शकहरुको लागी यातायातको ब्यबस्था समेत गरिने संस्थाका अध्यक्सा बिकले जानकारी दिए्र

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *