बुर्तिवाङ मालपोत कार्यालयमा रु १ करोड ७३ लाख ८३ हजार भन्दा बढी राजश्व संकलन !

बुर्तिवाङ २०७५ असार ३२ । बुर्तिवाङ स्थित मालपोत कार्यालयले चालु आव २०७४/२०७५ को असार ३२ गते सम्म रु १ करोड ७३ लाख ८३ हजार ६ सय ३२ राजश्व संकलन गरेको जनाएको छ ।

मालपोत कार्याालयका प्रमुख नारायण घर्तीले दिएको जानकारी अनुसार रजिष्ट्रेसन बाट सबभन्दा बढी रु १ करोड ३८ लाख ८१ हजार ५ सय ८३ राजश्व संकलन भएको छ ।

यस्तै धितोबाट रु १२ लाख ६५ हजार ५ सय, पूँजीगत लाभकर रु १७ लाख ५२ हजार ७ सय ३६, निवेदनबाट रु ३ लाख ६१ हजार ९ सय ५० र मोठ रोक्काबाट रु १ लाख २१ हजार ८ सय ६३ संकलन भएको छ ।

कार्यालयका अनुसार यसावधिका कुल लिखत पारित संख्या २३८९ रहेको छ भने कार्यालयमा परेका ५ सय ४९ निवेदनहरुमा ५ सय २९ फस्र्यौट भै बाँकी २० निवेदन रहेको पनि प्रमुख घर्तीले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *