Menu

सिवाईसीव्दारा दुई नयाँ बुहारीहरुको स्वागत !

बागलुङ, २०७५ असार ३२ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले सञ्चालनमा ल्याएको आफ्नो कार्यक्रम नयाँ बुहारी स्वागत अन्तर्गत एक कार्यक्रमका विच नवविवाहीत दुई बुहारीलाई संस्थाले स्वागत गरेको छ ।

काठेखोला गाउँपालीका वडा नं. ६ का वडा अध्यक्ष एवं संस्थाका शेयर सदस्य शिवप्रसाद कँडेल र शेयर सदस्य दुर्गादेवी कँडेलका सुपुत्र सन्दीप कँडेलको बा.न.पा. ५ मालिका निवासी अञ्जु सापकोटा र बागलुङ जिल्ला बागलुङ नगरपालीका वडा नं. ३ स्थित संस्थाका सल्लाहाकार शकुन्तला शर्मा र शेयर सदस्य जगदिशचन्द्र उपाध्यायका सुपुत्र सजग पौडेलको हेटौडा उपमहानगरपालीका वडा नं. १० निवासी आकृति श्रेष्ठसंग सम्पन्न बैवाहिक कार्यक्रम पश्चात संस्थाको तर्फवाट अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा गएको टोलीले नवविवाहित जोडीलाई स्वागत तथा बधाई ज्ञापन गरेको हो ।

कार्यक्रमका क्रममा नवविवाहित जोडीलाई संस्थाका संरक्षक पद्मनाथ शर्मा पौडेल र अध्यक्ष पौडेलले बधाई तथा शुभकामना पत्र प्रदान गरेका थिए । सोही क्रममा संस्थाको शेयर सदस्य बनेका नवविवाहित जोडी क्रमश सन्दीप कँडेल÷ अञ्जु सापकोटा र सजग पौडेल÷आकृती श्रेष्ठ लाई संस्थाको शेयर सदस्यता प्रदान गरिएको थियो । शेयर सदस्यताको प्रमाणपत्र संस्थाका शेयर सदस्य एवं नवविवाहीत जोडीका आमा÷बुवाले हस्तान्तरण गरेका थिए ।

संस्थाले जीवन आवास तथा सामाजिक सुरक्षा कोषको स्थापना गरी साही कोष मार्फत सदस्यको घरमा हुने जन्म देखि मृत्यूसम्मका सबै सुख दुःखमा साथ र सहयोग गर्ने गरेको छ । महिला दिदीवहिनीहरुको सम्पती माथिको पहुँच वृद्धि र भविष्यमा संस्थामा बुहारी शेयर सदस्यहरुको एउटा छुट्टै सिस्र्टस क्लव गठन गर्ने परिकल्पनाका साथ यो सेवा सुरुवात गरिएको संस्थाले जानकारी दिएको छ । स्वागत कार्यक्रम ऐक्सेस कार्यदल सदस्य शर्माले सञ्चालन गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *