Menu

यसरी भयो, धौलागिरी अन्चल अस्पतालको स्थिति सामान्य …. !

बागलुङ २०७५असार ३१ । धौलागिरी अन्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी बागलुङ नगरपालिका ३ रातामाटाकी वर्ष ५२ की लक्ष्मी सापकोटाको उपचारमा डाक्टरको लापर्बाही भएको भनि आन्दोलनरत मृतकका आफन्त एवं धौलागिरी अन्चल अस्पतालका सिमेअ डा सागर राजभण्डारीवीच प्रजिअ बेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दिपक रेग्मी नगरप्रमुख जनक पौडेलको समुपस्थितिमा भएको सहमति पछी आफन्तहरुले मृतकको शव बुझेर लगेका छन् ।

डा राजभण्डारीले सबैका रोहबरमा अस्पतालको व्यवस्थाकीय कमी कमजोरी प्रति क्षमायाचना गर्दै आगामी दिनहरुमा कमीकमजोरी दोहोरिन नदिने प्रतिवद्धता (प्रेस विज्ञप्ती) गरेपछी स्थिति सामान्य भएको प्रत्यक्षदर्शीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *