छोराको विवाहमा महासंघ र पत्रकार विजय रानालाई १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग !

बागलुङ, २०७५ असार ३१ । नेपाली काँग्रेस बागलुङका नेता जगदीशचन्द्र उपाध्यायले नेपाल पत्रकार महासंघ बागलुङ र पत्रकार विजय रानालाई सहयोग गरेका छन् । उपाध्यायले छोरा सजग पौडेल र बुहारी आकृति श्रेष्ठ पौडेलको शुभ विवाहको अवसरमा पत्रकार महासंघको भवन निर्माण र प्लाष्टिक एनिमियाबाट प्रताडित पत्रकार विजय रानाको उपचारका लागि आर्थिक सहयोग गरेका हुन् । नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ वधु आकृति पौडेल र पत्रकार रानाको उपचारका लागि सहयोग रकम रु दुई हजार वर सजग पौडेलले पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषलाई हस्तान्तरण गरेका थिए ।

नेपाली काँग्रेस बागलुङ नेता जगदीशचन्द्र उपाध्यायल र नेतृ शकुन्तला शर्माका सुपुत्र सज र बुहारी आकृतिबीच यही असार २९ गते बैवाहिक सम्बन्ध गाँसिएको थियो । छोराको विवाहमा खर्च गर्ने रकमबाट कटाएर आफुहरुले सहयोग गरेको उपाध्यायले बताए । ‘मैले यो रकम यही विवाहको खर्चबाट कटाएको हो,’ उनले भने,‘विवाह भोजमा धुम्रपान मद्यपानलाई निशेष गर्नुपर्छ भनेर यता सहयोग गरेको छु । धन भन्दा पनि मन भएको मान्छे हुँ ।

मनदेखि सहयोग गरेको छु ।’ खुशीको क्षणमा पत्रकार महासंघ र पत्रकार विजय रानाको उपचारका लागि सहयोग गरेर पत्रकारहरुलाई पनि आफ्नो खुशीमा सामेल गरेकोमा पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले धन्यवाद दिए । यहाँहरु जस्तै धेरैको सदासयताबाट हामीले पत्रकार महासंघको भवन निर्माणका काम अगाडी बढाएको हौं,’ उनले भने,‘पत्रकार विजय राना अहिले विरामी भएर काठमाडौंमा उपचाररत हुनुहुन्छ । यहाँहरुको सहयोगले उहाँको जीवन रक्षा गर्ने अभियानमा सहयोग पुग्नेछ ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *