कतार नेपाली एकता समाजको पांचौं राष्ट्रिय सम्मेलनमा कमरेड केसी आउने !

उद्धव मगर दोहा कतार २०७५ असार ३१ । कतार नेपाली एकता समाजले यहि अगष्ट २०१८ मा इध अल अधा का दिन दोहाको नज्मा स्थित शालिमार होटलमा सम्पन्न हुने भएको छ ।

समाजको मूल नारा राष्ट्रियता, राष्ट्रिय अखण्डता, जनतन्त्र र जनजीवीकाको लागि हाम्रो अभियान ! प्रवासी नेपाली श्रमजीवीको हक,हित र अधिकारको पक्षमा पाँचौँ राष्ट्रिय सम्मेलन भन्ने ऐतिहासिक पांचौं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई संबोधन गर्न प्रमुख अतिथीका रुपमा नेपालबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमरेड चित्र बहादुर के सी आउने कार्यक्रम रहेको समाजले जनाएको छ । कमरेड के सी को कतार आगमनको लागि भिसा लगाएत अन्य आवश्यक सम्पुर्ण प्रकृया र उद्घाटन कार्यक्रमको हल बुकिङ कार्य समेत पुरा भइसकेको छ ।

त्यसैगरी सम्मेलन मूल आयोजक समिति र माताहतका सम्पूर्ण उपसमितिहरु तीव्र गतीमा लागि रहेको र तयारी अन्तिम चरणमा पुगेको कतार नेपाली एकता समाजका अध्यक्ष लुमा कान्त पुनले जानकारी दिनु भए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *