Menu

बुर्तिवाङ देखी हुन्द्रफेँदी जाँदै गरेको जीप तमान खोलामा खस्दा एक जना यात्रु बेपत्ता !

दिनेश पौडेल/झरना कँडेल, बुर्तिवाङ २०७५ असार ३० । बुर्तिवाङ देखी हुन्द्रफेँदी छोरेगाउँ तर्फ गैरहेको यात्रुबाहक जीप बुर्तिवाङ बजार नजिकैको दुलेबाट तमान खोलामा खस्दा एक जना यात्रुलाई खोलाले बगाएर बेपत्ता भएकी छन् । लु १ ज २७६२ को जीप दुलेमा ब्याक गर्दा खोलामा खसेर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक ओम प्रकाश यादवले ईबागलुङलाई जानकारी दिए ।

खोलाले बगाउनेमा ढोरपाटन नगरपालिका छोरेगाउँकी वर्ष ६० की नन्दकली गैरे रहेको प्रहरीले जनाएको छ ।

जिपमा सवार अन्य ६ जना यात्रुलाई नदिबाटै प्रहरी र स्थानियको सक्रियतामा उद्धार गरिएको छ । उद्धार गरीएका यात्रुहरु मध्ये ढोरपाटन नगरपालिका
छोरेगाउँकै वर्ष १६ की कमला बिक, वर्ष १४ की सरीता बिक, वर्ष ६० की गोमती सिर्पाली. र ६५ बर्षिय फुलमति नेपालीको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा उपचार भैरहेको र जीपमा सवार वर्ष १७ का थमबहादुर सिर्पाली सकुशल रहेकाले घर गएको प्रनि यादवले जानकारी दिए ।

चालक पोखरा महानगरपालिका ११ का अनिल नेपालीलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएको छ । हराएकी महिलाको खोजी जारी रहेको छ ।
अपडेट
मृतक महिलाको शव बडीगाड खोलाले बगाउदै गरेको अवस्थामा बडीगाड गाउपालिका ६ ठुलाबेसीमा फेला परेको भिङगिठे प्रहरीका प्रमुख प्रनानि भोजबहादुर बानियाँले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *