Menu

आजको तस्वीर : काँचुली फेर्दै गाईघाट झरना !

दिनेश खत्री, गल्कोट २०७५ असार ३० । गाईघाट झरना बागलुङको आकर्षक गन्तव्य बनेको छ । ताराखोला गाउपालिकाको वडा नं १ मा रहेको गाईघाट झरनालाई व्यवस्थितरुपमा विकास गरिदैँ लगिएको छ जस्ले गर्दा यसको आकर्षण पनि बढ्दै गएको छ।

पछिल्लो समय झरनाबाट झरेको पानीलाई पोखरीमा संग्रह गरी पौडी पोखरीको रुपमा विकास गरिएको ताराखोला गाउपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले जानकारी दिए । पोखरीको भूईँमा ढलान गरी पानी नचुहिने गराएर पानी संग्रह गरी स्वीमिंग पुलको रुपमा परिवर्तित गर्ने प्रयासस्वरुप काम भैरहेको अध्यक्ष घर्तीले बताए ।

केहि वर्ष पहिले सम्म झरनाको दृश्यावलोकन गरी आनन्द उठाईरहेका पर्यटकहरुलागि अब केहि समय पछी पौडी खेलेर आनन्द उठाउन सकिने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *