लगातार तिनबर्ष सम्म भत्कियो, उत्तरगंगा माविको खेलमैदानको कम्पाउण्ड वाल !

छविलाल पाण्डे, बुर्तिबाङ २०७५ असार ३० । बुर्तिवाङ स्थित उत्तरगंगा माध्यमिक बिद्यालयको खेलकूद भवनको संरक्षणका लागि निर्माण गरिएको पर्खाल (कम्पाउण्ड वाल) गए रातिको वर्षाले भत्किएको छ । पर्खाल भत्किएपछी बुर्तिवाङ बागलुङ खण्ड सडकमा क्षती पुगेको छ । जिल्ला खेलकुद विकास समिति बागलुङबाट प्राप्त रु ५ लाख बजेटबाट आव २०७४/०७५ मा निर्मित सो कम्पाउण्ड वाल गत रातिकै वर्षातले ढलेको हो ।

आर्थिक वर्ष २०७३/०७४ मा पनि सोही ठाउँमा खेलकुद विकास समितिकै सहयोगमा कम्पाउण्ड वाल निर्माण गरिएको थियो । उक्त पर्खाल पनि वर्षासँगै आएको पहिरोले भत्काएको थियो । अझ गजब त के छ भने, यस अगडी स्थानीयको सक्रियतामा सोही स्थानमा निर्माण गरिएको पर्खाल पनि यसरी नै भत्किएर नष्ट भएको थियो ।

यसरी प्रत्यक वर्ष निर्माण गरिने कम्पाउण्ड वाल वर्षै पिच्छे ढलिरहदा स्थानीयवासी ठेकदारको लापर्बाहीको प्रतिफल भनिरहेका छन् । सडकको छेउमै पर्खाल निर्माण गर्दा दिनहुँ आवत जावत गर्ने सवारी साधनहरुको भारले जमीन हल्लिरहने हँदा अलीअली पानी पर्दा साथ पर्खाल भत्किएको हुन सक्ने अनुमान पनि गरिहेको छ ।

खेलकुदको कम्पाउण्ड वाल वर्षै पिच्छे भत्किरहने विज्ञानको भवन वर्षौँ बित्दापनि निर्माण नगरी अधकल्चो रहने कस्तो अचम्म भनि बुर्तिवाङबासी चर्चा गर्दैछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *