यस्तो छ, गनपाको नीति तथा कार्यक्रम : गल्कोटलाई गण्डकी प्रदेशको नमुना नगरपालिका बनाईने !

गुमानसिँह भण्डारी गल्कोट २०७५ असार २९ । गल्कोट नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । बागलुङको मध्य क्षेत्रमा रहेको गल्कोट नगरपालिकाले सामाजिक न्याय सहितको गण्डकी प्रदेशको नमुना नगरपालिकाको रुपमा बिकास गर्ने लक्ष राखेको छ । साक्षरता, औसत आयु, प्रतिब्यक्ति बार्षिक आय आदिमा बृद्धि र मातृ, शिशु, बाल मृयुदर घटाई उत्कृष्ट मानव बिकास सुचकाङ्क भएको बिभेद, जोखिम र असमानता मुक्त साथै सामाजिक न्याययुक्त नेपालको नमुना नगरपालिकाको रुपमा बिकसित गराउने लक्ष नीति तथा कार्यक्रममा उल्लेख छ ।


नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख भरत शर्मा गैरेले कृषि तथा पशु क्षेत्रमा ब्यवसायीकरणको शुरुवात, रोडको अवधारणा कार्यान्वयन, नगरवासीहरुलाई सुशासनको अनुभुति दिई राष्ट्रियस्टतरमै पहिचान कायम गर्न भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवम् जनताप्रति जिम्मेवार नगर प्रशासन बनाउन भ्रष्टाचारबिरुद्ध शुन्य सहनशिलताको नीति अवलम्बन, अर्गानिक तरकारी खेतीलाई प्रोत्साहन, एव वडामा एक प्राङ्गारिक नमुना खेति कार्यक्रम लागु, कृषकलाई अनुदान, गाउ गाउमा सहकारी घरघरमा रोजगारी भन्ने नारालाई वडा वडामा लागु, दुग्घ ब्यवसायलाई प्रोत्साहन गर्न सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार डेरी उद्योगको स्थापना तथा सञ्चालन, ऐतिहासिक, पुरातात्विक स्थलको संरक्षण, सम्बद्रधन र प्रचार प्रसार गर्ने, नगरपालिकालाई पर्यटक बिश्राम स्थलका रुपमा बिकास गरि आन्तरिक र बाह्य पर्यटन प्रबद्धन गर्ने निति लिईने बताए ।

उनले उपभोक्ता अधिकार, गुणस्तर सम्बन्धि जनचेतना अभिबृद्धि गराउने, नियमित बजार अनुगमन र नियमन प्रणालिको बिकास, कृषि पर्यटन, जलश्रोत, स्थानिय सिप र पुर्वाधार समृद्ध गलकोट निर्माणको मुल आधार भन्ने नारा भित्रका गलकोटको बिकासमा अग्रणि क्षेत्र उन्मुख कार्यक्रम सञ्चालन गर्ने, प्राबिधिक शिक्षा र ब्यवसायीक तालिममा जोड, नगरपालिका भित्रको एकमात्र क्यापस गलकोट बहुमुखि क्यापसको संस्थागत क्षमना बिकास, सामुदायीक बिद्यालयलाई गरिने पुर्वाधार सहयागमा अपाङ्गमैत्री र लैङ्गीकमैत्री पुर्वाधार निर्माणलाई प्राथमिकता, नगर क्षेत्रभित्र क्रियाशिल सबै गैर सरकारी संस्थाहरुको कार्यलाई ब्यवस्थित गरि नजितामुलक बनाउन र प्रभावकारी परिचालन गर्न गैसस परिचालन गर्ने बताए ।

उनले नगरक्षेत्रभित्रमा एउटा रक्तसञ्चार सेवा केन्द्रको स्थापना गर्न प्राथमिकता दिने, स्वस्थ म स्वस्थ नगर कार्यक्रमलाई निरन्तरता दिनका लागी बिभिन्न क्रियाकलाहरु सञ्चालन गर्ने, सबै स्वास्थ संस्थाहरुमा न्युनतम सुबिधा सहितको प्रयोगशाला सेवा सुरु गर्ने निति ल्याईने, दु्रब्यसनमा फसेका युवाहरुलाई लक्षित गरि लागु पदार्थ दु्रब्यसन लगायतका कार्यक्रम सञ्चालन गर्ने, ऐतिहासिक गलकोट दरबार, घुम्टेको लेक, थालेपोखरा, निलुवा, उदय बुद्ध बिहार र कालिपहाडको संरक्षण र बिकासमा जोड दिने, मुस्लिम समुदायको शव दाहस्थलको ब्यवस्थापनका लागी पहल गर्ने, मानविय मुल्य र मान्यतालाई आत्मासाथ गरि, सभ्यता र संस्कृतिको प्रबर्धन गर्दै, सरल जीवन शैली र पद्धतिको धरातलमा मानवताको शहर गल्कोट नगर बनाउन सम्पन्न भएका छुवाछुत मुक्त, पुर्ण साक्षरयुक्त, खुल्ला दिसामुक्त, पुर्ण खोप युक्त, अभियालाई थप प्रबद्ध्रधर््न गर्ने निति अवलम्बन गर्ने, एकल तथा दलित महिलाहरुको हित प्रबद्रधन गर्ने, सिप बिकास र आय आर्जन गर्ने कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिने, एक वाड, एक खेल मैदान, एक प्रतियोगिता को अवधारणा सुरु गर्ने, ८५ बर्ष उमेर नाघेका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप बार्षिक ३ हजारका दरले चाडपर्व खर्च उपलब्ध गराउने बताए ।

स्रष्टा सम्मान र उपचार सहयोग कोषको स्थापना गर्ने, नगरका युवावर्गलाई सिपमुलक तालिम दिई स्वरोजगारिकताको सृजना गर्ने, परम्परागत पेशा, सिप र प्रबिधिमा आधारित ब्यवसायलाई समावेशिकरण र आधुनिकिरण गर्न प्रोत्साहन गर्ने, प्रदेश कानुनको अधिनमा रहि एफ एम सञ्चालन सम्बन्धि अन्य कार्यहरु गर्ने, नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार कोषलाई बृद्धि गरि बार्षिक २५ हजार गराईने, नगरको पहिचान दिने, रोजगारी र स्वरोजगारिता सृजना गर्ने, स्थानिय स्रोत साधनको अधिकतम प्रयोग गर्ने, एक मेगावाट सम्मका जलबिद्युत आयोजनाहरुको सञ्चालन र ब्यवस्थापन सम्बन्धि निति, कानुन तथा अन्य कानुनि पुर्वाधारको बिकास गर्ने, शहरि सौन्दयका लागी एक घर एक बिरुवा तथा एक वाड एक हरियालि पार्क कार्यक्रम सञ्चालन गर्ने, प्रत्येक वाडमा शहरी स्वास्थ क्लिनिक सञ्चालनका लागी पुर्वाधार बिकास गर्ने, स्थानिय स्तरमा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने किसीमका उपभोग्य बस्तुहरुको बिक्रिबितरणलाई नियन्त्रण गर्ने, बन क्षेत्रलाई अनियन्त्रित डढेलो, अतिक्रमण, चरिचरण, चोरी निकासीलाई प्रभावकारी ढंगले संरक्षण गर्न उपभोक्ताहरुलाई परिचालन गर्ने, नगर क्षेत्रमा रहेका बिभिन्न खानीहरुको उत्खनन, ढुवानी तथा बिक्रि बितरणलाई नियमित गर्न कार्यबिधि निर्माण गरिने, सडक, नालि, सार्वजनिक र खुल्ला स्थानमा फोहोर फाल्नेलाई कार्वहि गरिने, सो को प्रभावकारी अनुगमन ब्यवस्था मिलाउने, फोहोरमैला ब्यवस्थापनमा नसमेटिएका वडाहरुमा साझेदारीमा आधारित फोहोरमैला ब्यवस्थापन कार्य अधि बढाउने, बिपदको अवस्थामा खोज तथा उद्धारको लागी बिपद ब्यवस्थापनमा काम गर्ने बिभिन्न सरकारी एवम गैर सरकारी निकायहरुसँग समन्वय गरि स्वयंसेवक र उद्धार राहत सामाग्रीहरुको भण्डारण र पुर्व तयारीको ब्यवस्था मिलाउने, नगर प्रहरीको परिचालनलाई प्रभावकारी बनाउन नगरपालिकाको सम्पतिको सुरक्षा र संरक्षण, स्थानिय स्तरमा हुने सभासमारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा, स्थानिय बजार तथा पार्किङ स्थलको रेखदेख र ब्यवस्थापन, सरसफाई, न्यायिक समितिको निर्णय कार्यान्वयन, सरकारी जग्गा र सम्पतिको संरक्षण, बिपद ब्यवस्थापन सम्बन्धि खोजि, उद्धार, राहत तथा पुनस्थापना, छाडा पशु चौपायाको नियन्त्रण जस्ता क्षेत्रहरुमा परिचालन गर्ने, संगठनात्मक क्षमता बिकास, जनशत्ति ब्यवस्थापन र बृत्ति बिकासलाई बैज्ञानिक तवरले नतिजामुखि बनाउने, कर्मचारीलाई कार्य सम्पादनको आधारमा दण्ड र पुरस्कृत गर्ने निति निईने, नगरबासीहरुको राय सुझाव ग्रहण गर्न, गुनासो सुन्न र जवाफदेहिता बहन गर्नका लागी नगरपालिकासँग नगबासीको सोझो सम्पर्कको लागी टोल फ्रि नम्बरको ब्यवस्था गर्ने, नगरपालिकाको कार्य प्रणालिलाई सुरक्षित पारदर्शि र थप ब्यवस्थित बनाउन वडा कार्यलयहरुमा समेत सिसिटिभि जडान गर्ने, बिद्युतिय हाजिरीलाई पुर्ण रुपमा कार्यान्वयनमा गरि शुसासन पारदर्शिता र जवाफदेहिता प्रबद्रधनमा थप प्रभावकारीता ल्याईने, नगर सभाद्धारा तोकिएको कर पौष महिना भित्रै बुझाउनेलाई एकिकृत सम्पति कर, पेशा ब्यवसाय कर र घर जग्गा वहाल करमा लाग्ने करमा ५ प्रतिशत छुट दिने, ब्वसायकर असुलिलाई प्रभावकारी बनाउन सम्बन्धित ब्यवसायीक संद्य संस्थाहरुसँग समन्वय गरि तोकिएको ब्यवसायकर समयमै बुझाउने ब्यवसायीको तोकिए बमोजिमका करदाता, प्रोपाईटर, सञ्चालकको नाममा १ लाख बराबरको दुर्घटना बिमा गराउने निति ल्याउने, अस्थाई प्रकृतिका हाटबजार, चोक, चोकमा ठेलामा गरिने फुटपाथ ब्यवसाय, मुख्य बजार क्षेत्र भित्रका सडक किनारमा गरिने पार्किङ्ग ब्यवस्थापनमा निजि क्षेत्र स्थानिय क्लब संद्य सस्थाको सहकार्यमा वडातह वाटै शुल्क संकलन र ब्यवस्थापन गर्ने, शुसासन पारदर्शिता र जवाफदेहितामा अभिबृद्धि गराउन नगरपालिकाले दिएको समग्र निति र सञ्चालित कार्यक्रम आयोजनाले पारेको सामाजिक प्रभावको लेखाजोखा गर्ने गरि सामाजिक परिक्षण र सबै आयोजना कार्यक्रमहरुमा सार्वजनिक परिक्षण र वाडक्षेत्रगत रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिने, नगरपालिकाको सेवा प्रवाह, नगरपालिका कार्यालय, वडा कार्यालय तथा सबै बिषयगत समितिहरुले प्रवाह गरेको सार्वजनिक सेवाबाट जनताका चाहनाहरुको परिपुर्ति बारे कम्तीमा बर्षमा १ पटक नागरिक सन्तुष्टि सर्वेक्षण गरिने, संघिय तथा प्रादेशिक कानुनको अधिनमा रहि सम्पती कर, घर वहाल कर, घर जग्गा रजिष्टे«सन शुल्क, सवारी साधन कर, सेवा शुल्क तथा दस्तुर, ब्यवसाय कर, मालपोत, मनोरञ्जन करलाई थप बैत्रानिक बनाउने, आगामि आर्थिक बर्ष देखि एकिकृत सम्पति कर लागु गरिने, स्थानिय बस्तु तथा सेवा ब्यापारको मुल्य तथा गुणस्तरको अनुगमनलाई प्रभावकारी बनाईने, स्थानिय स्तरका ब्यवसायिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन गरिने निति बनाएको छ ।

कार्यक्रम नगर उपप्रमुख रेनुका काउचा मगरको अध्यक्षता र शाखा अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *