बागलुङमा २०५ औँ भानु जयन्ती सम्पन्न : बम-सरस्वती स्मृति पुरस्कार प्रकाश समिरलाई !

बागलुङ २०७५ असार २९ । गत वर्षहरु र्झँ यस वर्ष पनि धवलागिरि साहित्य प्रतिष्ठानको आयोजनामा २०५ औ भानु जयन्ती भब्यरुपमा मनाईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख जनक राज पौडेलले भानुभक्तले नेपालको सास्कृतिक एकताको लागि उल्लेखनीय कार्य गरेका बताएका थिए भने मुख्य न्यायाधीश शेषराज सिवाकोटीले बागलुङमा प्राथमिक अबस्था देखि नै शिक्षाको जागरण आएको बताए।

सो अबसरमा युवा कवि दीपेन्द्र केसीद्वारा आफ्ना स्व हजुर बुबा बमबहादुर केसी र स्व हुजुर आमा सरस्वती केसीको स्मृतिमा स्थापित बम-सरस्वती स्मृति पुरस्कार श्री प्रकाश समिरलाइ रु १०,०००/ सहित पुरस्कृत र सँस्कार नेपालका अध्यक्ष पशुपति गुरुङलाइ सम्मान प्रदान गरिएको थियो ।

वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा,उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ ,पुरस्कृत व्यक्तित्व प्रकाश समीर,पशुपति गुरुङले मन्तव्य गरेका थिए ।
भानु चित्र लेखनमा सामुहिक निर्णय बाट उत्कृष्ट भएका मन्जुल शाक्यलाई पुरस्कार र रचना वाचन गर्नेहरूलाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको स्वागत सदस्य हरि पाण्डेय र सन्चालन सदस्य सचिव राम थापा अविरलले गरेका थिए।

प्रस्तावित भानु स्मारक पार्क खुल्ला र रमणीय स्थानमा भएको थियो।स्ट्ल तयारी को सम्योजन सदस्य गोविन्द सुवेदीले गर्नु भएको अध्यष काजी रोशनले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष काजी रोशनले भानु स्मारक पार्क बनाउन तर्फ पहल भएको जानकारी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *