युवाहरुलाई स्वदेशमै रोजगारी तथा उद्यमहरु सिर्जनाको लागि तालीम आवश्यक : उपाध्याय

बागलुङ, २०७५ असार २९ । चारतारे युवा क्लव, नेपालको आयोजना र जिल्ला युवा समिति बागलुङको सहयोगमा बागलुङ नगर भित्रका उद्यमीहरुका लागि सञ्चालीत २ दिने सकरात्मक सोच, उद्यमशिलता विकास र उद्घोषण तालिम शुक्रवार सम्पन्न भएको छ ।

उद्यमीहरुलाई सकरात्मक सोच मार्फत बोल्ने कलाको विकास गरी आफ्ना उद्यम तथा उत्पादनहरुको प्रचार प्रसार गरी बजारीकरण गर्न सहयाग पु¥याउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमको समापनका क्रममा सहभागिहरुले तालिम उपलब्धीमुलक रहेको धारण व्यक्त गरेका थिए । तालिम समापनका क्रमम आफ्ना धारण राख्दै सम्पूर्ण सहभागिहरुले स्वदेशमै काम गर्ने वातावरणको सिर्जना हुने हो भने स–साना उद्यमहरुवाट पनी धैरै आम्दानी गर्न सकिने उनीहरुको भनाई थियो ।

सोही क्रममा जिल्ला युवा समिति बागलुङका सदस्य सचिव एवं कार्यालय प्रमुख कुश्मराज उपाध्यायले जिल्लाका युवाहरुको हक हित र समग्र विकासका लागि जिल्ला युवा समितिले कार्य गरिरहेको बताए । उनले युवाहरुलाई स्वदेशमै रोजगारी तथा उद्यमहरु सिर्जनाको लागि युवा समितिले यी र यस्ता तालिम तथा शिक्षाहरु विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरी सञ्चालन गर्ने समेत बताएका थिए ।

कार्यक्रममा आयोजक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले केही गर्छु भन्ने आँट भएका, सिप र जाँगार भएका उद्यमीहरुका लागि सिवाईसी सधै साथमा रहने बताएका थिए । उनले पैसाको अभावमा कोही पनी उद्यमी बन्नबाट नरोकीने बताउदै ईमान्दार व्यक्तिहरुका लागि उद्यम गर्नका लागि सिवाईसीले शुलभ दरमा कर्जा समेत उपलब्ध गराउने बताए ।

४५ जनाको सहभागिता रहेको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी शुष्मा पौडेलले गरेकी थीईन भने समापन कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्षता र सञ्चालन सिवाईसी नेपालका प्रवन्धक संगीता शर्मा पौडेलले गरेकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *