बुर्तिबाङमा मगर संघको भवन र खेल मैदान निर्माणगर्न ३५ लाख रकम संकलन !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७५ असार २९ । नेपाल मगर संघ, क्षेत्रीय समितिले आर्थिक अभियानलाई तिव्र पारेको छ । संघले क्षेत्रीय स्तरको आफ्नै भवन र खेलमैदान निर्माणको लागि अभियानलाई तीब्र पारेको हो ।

अभियान शुरु गरेको डेढ महिनामा ३५ लाखभन्दा बढी रकम सहयोग भएको नेपाल मगर संघ क्षेत्रीय समितिका कोषाध्यक्ष लालबहादुर पुनमगरले ईबागलुङलाई बताए । प्रतिव्यक्ति २ लाखसम्म आर्थिक सहयोग भएको उहको भनई थियो ।

देश तथा विदेशमा अभियान तिब्र पारिएको र अभियानबाट १ करोड ५० लाखभन्दा धेरै रकम संकलन गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष पुनमगरले बताए ।
संघले बुर्तिबाङ बजार आसपासमा आफ्नै भवन र खेलमैदान बनाउने लक्ष राखेको छ । सुरुवाती चरणमा अभियानबाट संकलन गरिएको रकमबाट उपयुक्त स्थानमा जग्गा खरिद गर्ने र दोस्रो चरणमा भवन निर्माणमा जुट्ने मगर संघका अध्यक्ष गंगबहादुर घर्तिमगरले बताए ।

अहिले मगर संघले कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको छ । आफ्नै भवन निर्माण भएपछि कार्यालय सञ्चालन गर्न र मगर समुदायसँग सम्बन्धित कला तथा संस्कृतिको संरक्षण र संबद्र्धन गर्न सहज हुने अध्यक्ष घर्तिमगरले बताए । यसका साथै भवनको परिसरमा नै खेलमैदान बनाउने लक्ष छ । मगर समुदायको परम्परागत खेल तारा खेल सञ्चालन गर्न तथा सांस्कृतिक कार्यक्रमहरु र सभा समारोह गर्न पनि सहज हुने उनको भनाइ छ ।
सहयोगीहरुमध्ये केहीले रकम हस्तान्तरण गरिसकेको र आर्थिक सहयोगको बाचा गरेका तर रकम प्रदान नगरेकाहरुले पनि असौज सम्ममा रकम प्रदान गर्ने सचिव लिलमायाँ पुनले जानकारी दिईन ।

मगर संघले हरेक बर्षको माघेसंक्रान्ति र मगर दिवशमा बुर्तिबाङ बजारमा मगरसँग सम्बन्धित सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *