Menu

नयाँ पिढीको नसा : विगतमा गाँजा चरेस भन्दा अहिले बढी मोवाईल ईन्टरनेट !

प्रेम सुनार, गुल्मी २०७५ असार २८ । भर्खर १५ वर्षको उमेरमा पाईला टेकेकी अर्घाखाँचीकी सुनिता थापाले आफुले आबेशमा ज्यान हाले पनि उनि जस्तै नयाँ पिढीलाई अहिलेको आबश्यकता बारे अभिभावकको ध्यान गहिरो संग दिएर यो दुनियाँबाट विदा भएकी छन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–५ खिल्जीकी सुनिता थापाले हिजो आमाले मोवाईलमा ईन्टरनेट चलाउन नदिएको झोंकमा कोठामा चुक्कुल लगाए झुण्डिएर आत्मा हत्या गर्नुले सारा अभिभावकहरुलाई शिक्षा दिनु हो ।

यस घटनाले यसै समाचारदातालाई पनि गम्भीर बनाएको छ । मेरो छोराले पनि केहि महिना अघि त्यस्तै हर्कत गरेको थियो । उसको मम्मीले मोवाईले खोसेर राखी दिए पछि उसले उप्त मोवाईल खोसेर फुटाई दिएर मर्छु भनेको थियो । उसले टिभी समेत फुटाई दिएको थियो । नयाँ पिढीको नसा विगतमा गाँजा चरेस भन्दा बढि अहिले ईन्टरनेट बन्न पुगेको सुनिताको यो पछिल्लो घटनाले स्पष्ट हुन्छ ।

यो लत युवा पिढीलाई अध्ययनका लागि हानिकारक देखिए पनि त्यसलाई कम गराउन अभिभाकहरुले सुनिताकी आमाले जस्तो कठोर निर्णय गर्नु भन्दा ललाई फकाई गर्नु पर्ने शिक्षा मिलेको छ । हिजोको पिढीले भोक लाग्दा र घरमा कोही नहुँदा डाँडाबाट आमा… बा… गर्दै चिच्चाएर बोलाउनु पर्दथ्यो र पनि पुगेकै थियो तर अहिले ईन्टरनेट एक देखि अर्को कोठा सम्मको आफन्त खोज्दा आवश्यक माध्यम बनेको छ ।

न सायद सुनिताको पनि कोही मन मिल्ने साथी वा प्रेमी संग तत्काल सम्पर्क रहनै पर्ने थियो कि र उनी तनावमा आएर आत्महत्या गरिन ? यसवारे मनोविज्ञान अभिभावकले बुझ्ने कि रु सुनिता सानै छँदा उनका वावुको मृत्यु भएको रहेछ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले दिएको जानकारी अनुसार उनले लेखेको सुसाईट नोटले धेरैको मन छोएको छ । जुन नोटमा लेखिएको छ – मैले सानोमा बावालाई देख्न पाईन । आमालाई पनि शान्ति दिन सकिन– देख्दै नदेखेको बावालाई अन्तिम सासमा आईलभ यु ड्याडी।। आईलभ यु ड्याडी।।।। लेख्दा कसको मन नछोला र रु यसर्थ जिवन र ईन्टरनेट एउटै बनिरहेको नयाँ पिढीलाई अभिभावकबाट कठोर निर्णय होईन नियन्त्रणमा सन्तुलन उपाय खोज्न यस घटनाले शिक्षा दिएको छ । यसलाई अवलम्वन गरौं ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *