Menu

‘बिउकोटे साइलो’ को ‘ बागलुङको फुल’ मौलिक झ्याउरे गीत सार्वजनिक !

बागलुङ २०७५ असार २८ । प्रेम श्रीस मगर, ‘बिउकोटे साइलो’ को मौलिक झ्याउरे गीत ‘बागलुङको फुल’ सार्वजनिक भएको छ । गाँउमा रहेका प्रतिभावान युवा युवतीलाई प्रोत्साहन गर्दै कला प्रति समर्पित गराउने उद्देश्य लिएका ‘बिउकोटे साइलो’ ले यस गीतको भिडियोमा पनी स्थानीय प्रतिभालाइ समाबेश गरेका छन । उनी भन्छन, चलेका कलाकारको अभिनय गराउदा भिडियो हिट हुँदो हो तर मैले मेरा भाई बहिनी र गाँउलाई पनी परिचित गराउने जमर्को गरेको छु ।

गाँउ घरमा कला सस्कृति लोप हुन थालेको अवस्थामा नयाँ पुस्ताका युवा युवतीलाई पनी आफ्नो कला सस्कृतिको जगेर्ना गर्न प्रेरित गरिरहेको ‘बिउकोटे साइलो’ले बताउछन । भर्खरै सार्वजनिक भएको ‘बागलुङको फुल’ जय नेपाल फिल्मस प्रा लि बाट बजारमा आएको हो ।

भिडियो सार्वजनिक भए संगै युटुब र विभिन्न सामाजिक सन्जालमा चर्चामा रहेको छ। प्रेम श्रीस मगर ‘बिउकोटे साइलो’ र देबी घर्तिको आवाजमा रहेको यो गीतमा शब्द तथा लय प्रेम श्रीस मगर ‘बिउकोटे साइलो’ को रहेको छ । म्यूजिक भिडियो इश्वर बाबुको निर्देशन तथा कमल जी एम को छायाकनमा तयार गरिएको छ । भिडियोमा राजकुमार अन्जानको कोरियोग्राफी रहेको छ । भिडियो काठेखोला गाँउपालिका ५ बिहूको गौस्वारा आसपासमा छायांकन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *