Menu

निर्देशक डा. सिहद्वारा भिङखालमा सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन !

दिनेश शर्मा बडीगाड २०७५ असार २७ । बडीगाड गाउंपालिका वडा नँ ६ स्थित भिङखाल बजारमा स्वास्थ्य सेवा बिभागका निर्देशक डा रमेश बिक्रम सिहले आज एक समारोहवीच सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन गरेका छन् । विश्व जनस्वास्थ्य दिवसको अबसरमा स्वास्थ्य ईकाईको उद्घाटन गर्दे प्रमुख अतिथी निर्देशक सिँहले स्थानियलाई जग्गाको ब्यवस्थापन गर्न अनुरोध गर्दै भवनको लागि पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

उक्त अवसरमा विशेषज्ञ डाक्टर समेत रहेका प्रमुख अतिथी डा सिह ले ४० जना स्थानियको निशुल्क स्वास्थ्य परिक्षण गरेका थिए।
स्वास्थ्य इृकाईको स्थापनाबाट बागलुङ बडीगाड गाउँपालिका अन्र्तगतका अधिकाँस वडाहरु त्था गुल्मीको मुसिकोट नगरपालिका र मालिका गाँउपालिकाका जनताले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।

कार्यक्रममा बडीगाड गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अजुर्न शर्मा, महिला अगुवा गण्डकी थापा अधिकारी लगाएतले बोल्दै बडीगाड गांउपालिकाको खालबजारमा स्वास्थ्य ईकाई सञ्चालन हुनु यस क्षेत्रका जनताको निम्ती स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रगति भएको बताउदै स्थानियसंगको समन्वयमा आफुहरुले समेत भवन निर्माणका निम्ती पहल अगाडि बढाउने बताएका थिए ।

कार्यक्रममा शिक्षा तथा स्वास्थ्य क्षेत्र प्रमुख तथा वडा न ३ का अध्यक्ष खडक पुन, गाउपालिका स्वास्थ शाखा प्रमुख निरन्जन यादव महिला समाजसेवी गण्डकी थापा अधिकारी, बुद्द मा बि बि ब्य स अध्यक्ष वीर ब खत्री, खिम कुमारी सिह, स्थानिय समाजसेवी ऋषिराम फुलजेल,बुद्द्ध मा बि का प्र अ कमल अधिकारी ,स्थानिय समाजसेवी क्षेत्रप्रसाद श्रेष्ठ भिमगिठे स्वास्थ्यचौकीका कर्मचारिहरु तुलसी बुढा,सितास्मा रोका पाइजा लगाएतको आतिथ्यता र सहभागिता रहेको कार्यक्रममा स्थानियहरुको व्यापक उपस्थिती रहेको थियो।

कार्यक्रम वडा नं ६ का अध्यक्ष मौसमकाजी क्षेत्रीको अध्यक्षता, स्वास्थ्य ईकाईका अहेब चित्र अर्गजाको स्वागत भिमगिठे स्वास्थय चौकी प्रमुख दिपेन्द्र केसीले सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *