Menu

समाचार प्रभाव !
साहाराविहीन बालबालिकाकालाई ताराखोला गाउपालिकाले दियो रु १० हजार सहयोग !

पूर्णभद्र न्यूरे, ताराखोला २०७५ असार २७ । ताराखोला गाउपालिका ३ बराहाखोलामा एक महिनाको अन्तरालमा आमाबाबु गुमाएर टुहुरा बनेका तीन बालबालिकाको बारेमा ईबागलुङले सम्प्रेषण गरेको ‘महिना दिनमै आमा-बाबा खोस्यो दैवले, बेसाहार बने छोरा-छोरी ! कता छन् संघ संस्था ? कुन कुनामा छ स्थानीय सरकार ?’ समाचार पश्चात उनिहरु प्रति स्थानीय गाउपालिका र देश विदेशबाट उनिहरुको सहयोगमा रकम जुट्न थालेको छ ।

आजै मात्र ताराखोला गाउँपालिका द्वारा साहारा बिहिन बाल बालिकाको पढाई तथा संरक्षणमा सहयोग पुगोस भन्दै आर्थिक सहयोग प्रदान गरेको छ। गाउँपालिकाले आज बालिबालिकाका काका दुर्गा बगालेलाई रु १० हजार को चेक हस्तान्तरण गर्दै आर्थिक सहयोग गरेको हो ।

ताराखोला गाउपालिका वडा न ३ बराहखोला मा १ महिना को अन्तरमा आमा बुवा को मृत्यु पछि साहारा बिहिन बनेका ३ बालबालिका को संरक्षणमा केही भएपनी राहत पुगोस भन्ने उदेश्य ले यो बर्ष थोरै भए पनि सहयोग गरिएको गाउपलिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।आर्थिक बर्षको अन्त्यमा भएकोले प्रयाप्त सहयोग गर्न नसकिएको र आगामी बर्ष पनि गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष घर्तिको भनाइ छ ।

बालबालिकाको पढाई र संरक्षणका लागि हाल वैदेशिक रोजगारीमा रहेका विभिन्न ब्याक्ती मार्फत सहयोग संकलन भै रहेको स्थानीय लिलाधर कडेलले ईबागलुङलाई बताए ।

बाबू आमाको मृत्यु पछि बालबालिकाहरु आफ्नो काका दुर्गा बगालेको संरक्षणमा बसिरहेका छ्न ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *