Menu

माटोको ढिस्कोले पुरिएर निसीमा एक बृध्दाको मृत्यु, एक महिला घाईते !

झम सिर्पाली, निसीखोला, २०७५ असार २७ । बागलुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिका वडा नं २ काल्नेचौर स्थित रातामाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्ने क्रममा माटाको ढिस्कोले पुरिएर स्थानीय ६० वर्षीया वृद्ध भूमा कुवँरको मृत्यु भएको छ भने निसीखोला २ कै बायखोलाकी एक २८ वर्षिया महिला कौशिला कार्की घाईते भएकी छिन ।

माटो खन्दै गर्दा माथिबाट ढिस्को खसी पुरिएकी कुवँरको घटनास्थलमै मृत्यु भएको स्थानियवासीले जनाएका छन । दुई घण्टा अभि ४ बजेको समयमा भएको उक्त घटनाबारे स्थानियले थाहा पाएपछी मृत कुवँर र घाईते कार्कीको उध्दार गरेका हुन । घाईते कार्कीको खुट्टामा चोट लागेको बताईएको छ ।

स्मरणीय छ, गत फागुन महिनामा सोही स्थानमा माटोको ढिस्कोले पुरिएर अम्बी बिक पुरिएर घाईते भई लामो समय थला परेर निको भएकी थिईन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *