Menu

जगत कुमारी मल्लको निधनप्रति सिवाईसी साकोस द्धारा श्रञ्दाञ्जली सभा

गुमानसिँह भण्डारी गल्कोट २०७५ असार २७ । गल्कोट हटिया सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि।हटिया द्वारा सस्थाका शेयर सदस्य अ्म्मर कुमारी मल्लकी सासु समाजसेवी, क्रियाशील व्यक्तित्व जगत कुमारी मल्लको ७४ बर्षको उमेरमा भएको असामयिक दुःखद निधनप्रति सिवाइसी साकोसद्वारा दुःख र समवेदना प्रकट गरेको छ ।

संस्थाका कर्मचारीको टोलीले नबौ दिनको पुण्य तिथिमा स्व जगत कुमारी मल्लको निवास ग।न।पा ४ पुगी श्रदाञ्जली सभाको आयोजना गरी दुःख र समवेदना व्यक्त गरेको हो ।

श्रदाञ्जली सभामा संस्थाको तर्फवाट संस्थाको नियमानुसार अर्दोद्वोहिक कर्मका लागि रु ५ हजार र समवेदना पत्र संस्थाका सेबाकेन्द्र प्रमुख रिमा भण्डारीले परिवारजनलाई हस्तान्तरण गरेकी थिईन्।

श्रदाञ्जली सभामा संस्थाका सेवा केन्द्र प्रमुख रिमा भण्डारीले समवेदना पत्र वाचन गर्दै स्व मल्ल जस्तो सामाजिक व्यक्तित्वलाई गुमाउनुपर्दा सिवाईसी मर्माहत बनेको बताउदै जन्म मृत्यू संसारिक नियम भएकाले परिवारजनलाई धैर्यधारण गर्न समेत आग्रह गरेकी थिईन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *