Menu

बागलुङ जिल्लाका व्दन्व्द पीडितहरुका लागी यस वर्ष ३६ लाख ५० हजार निकासा !

बागलुङ २०७५ असार २७ । शान्ति मन्त्रालयको कार्यदलको प्रतिवेदन वेबसाईट मार्फत नाम सार्वजनिक भई गत आर्थिक वर्षमा भुक्तानी लिन छुट भएका बागलुङ जिल्लाका व्दन्व्द पीडित मृतक ६ जनाका परिवारका नाममा रु २६ लाख ५० हजार निकाशा भै आएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
यसै गरी व्दन्व्द पीडितहरु मध्यकै विस्थापित तर्फ २१ जना र अपहरण तर्फ ५ जनाको नाममा रु १२ लाख निकासा भै आएको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी धिरेन्द्र पन्तले सम्वन्धित व्यक्तिहरुलाई आवश्यक प्रमाणका साथ कार्यालयको लखा शाखामा सम्पर्क गरी रकम भुक्तानी लिन पनि अनुरोध गरिएको जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *