प्रेमकुमारी बिकको आत्महत्या शंकास्पद : त्यस राति श्रीमानले कुटपीट गरेका थिए- रसाईली

प्रेम सुनार, बागलुङ ०७५ असार २७ । हिजो विहान करिव ६ वजेको समयमा वुर्तिबाङको तुलसीनगरमा सँजिवलको बोटमा झुण्डिएको अवस्थामा मृत फेला परेकी ३७ वर्षिया प्रेमकुमारी बिकलाई राति उनका श्रीमानले कुटपिट गरेको खुलासा भएको छ ।

तामनखोला गाउँपालिका खुँखानी घर भई वुर्तिवाङ तुल्सीनगरमा डेरा गरी छोरा पढाउन बसेकी प्रेमकुमारी बिक हिजो विहान घर अगाडी सजिवलको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिईन । उनका भाई ख बहादुर विक र उनकी श्रीमती पनि त्यसै घरको डेरा गरी बस्दथे । मृतककी भाई वुहारी तारा रसाईलीले आज विहान रुँदै त्यस राति उनकै श्रीमानले कुटपिट गरेको खुलासा गरेकी हुन ।

स्कलुबाट घरमा फर्कदा उनका छोराको लडेर हात भाँचिएको थियो । त्यही निहुँमा अनेक लाञ्छना लगाउँदै विदेशबाट आए पछि झगडा भई रहन्थ्यो । छोराको तैले हेर विचार नगरेर हात भाँचियो भनेर अनेक गाली गलौज गर्नु हुन्थ्यो । अँस्ति राति अवेर सम्म खानपिन गरेर बसेको थाह छ । अरु कुरा केहि थाह भएन ।
राति दुई चार थप्पड श्रीमतीलाई हानेँ भनेर आफै बताउँदै हुनुहुन्थ्यो । विहान उठ्दा घर अगाडी झुण्डिएको अवस्थामा मेरो श्रीमान ( ख बहादुर ) ले देखे पछि उहाँ आफै ( भरतबहादुर ) ले रसी काट्नु भएको हो । उहाँहरुको कोठामा वालक रोई रहेका थिए । मैले कोठामा ल्याएर राखेकी छु । मम्मी… मम्मी.. भनेर रोई रहेका छन । मैले अहिले आउनु हुन्छ भनेर फकाई रहेकी छु । ’ उनि संगै फोनको ब्यागराउण्डमा पनि ती वालक रोएर सताई रहेको सुनिन्थ्यो ।

उता यस सम्वन्धमा वुर्तिवाङ ईलाका प्रहरी कायालयमा सम्पर्क राख्दा त्यहाँका प्रमुख प्रहरी निरीक्षक ओमप्रकास यादवले पनि त्यस राति उनका श्रीमानले कुटपिट गरेको कुरा पुष्टि गरे । उनले भने –‘ सवै कुरा त अहिले अनुसन्धानका क्रममा भएकोले भन्न मिल्दैन तर निज आफैले श्रीमतीलाई त्यस दिन राती दुई चार थप्पड लगाएको भनेर बताएका छन् ।

वुर्तिवाङ एकिकृत सेवा केन्द्र प्रमुख जनक थापा संग सम्पर्क राख्दा उनले पोष्टमार्टम र थप अनुसन्धान गर्न वागलुङ पठाईएको बताए ।

स्थानियवासीले उनि झुण्डिएर मेरेको कल्पना समेत गर्न नसकिने बताए । ‘विचरीले श्रीमान विदेशबाट आउँछ भनेर त्यति धेरै लोकल कुखरा पालेर राखेकी थिईन । तिनै कुखरा राखेको खोर सगै रहेको सँजिवलको हाँगामा मृत फेला पर्नु परेको छ ।

स्थानीयहरु भन्छन्, त्यस्तो हाँगामा पनि झुण्डिएर मर्न सकिन्छ ? आएर हेर्नुस् , कुखरा झुण्डाए पनि त्यो हाँगो भाँचिने खालको छ । श्रीमान वैदेशिक रोजगारमा हुने महिलाले अनेक प्रकारका लाञ्छाना खेप्नु परेको छ । त्यसैको उदाहरण हो यो घटना । विदेशबाट आएदेखि रातै दिन श्रीमानले टोकास्ने , झगडा गर्ने गर्दथे । ’

तस्वीर- विदेशबाट आएपछि छोरा विचमा राखेर ती दम्पत्तीले खिचिएको फोटा र घटना स्थलको त्यो रुखको हाँगा हेर्नुहोस , जसमा झुण्डिदा भाँचीनु पर्ने होईन र ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *