ताराखोलामा पशु शाखा प्रमुखको बिदाइ

पूर्ण भद्र निउरे, ताराखोला २०७५ असार २६ । ताराखोला गाउपालिकाले आज एक कार्यक्रमको आयोजना गरि पशु शाखा प्रमुख लाइ बिदाइ गरेको छ ।

ताराखोला गाउपालिकामा गत असौज देखि हाल सम्म पशु शाखा प्रमुख को रुप मा कार्यरत रहि हाल कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका मा सरुवा भै जान लागेका शाखा प्रमुख अधिकारीलाई दोसल्ला र मायाको चिनो सहित बिदाइ गरिएको हो । बिदाइ कार्यक्रम मा बोल्दै ताराखोला गाइपालिकाका अध्यक्ष प्रकाश घर्ती ले पशु शाखा प्रमुख अधिकारी ले पुर्याएको योगदान प्रशंसा गरे ।

कार्यक्रम मा गाउपालिका उपाध्यक्ष दिल कुमारी पुन , प्रमुख प्रशासकीय अधिकृत तोपलाल भुषाल , वडा सचिब हरि बहादुर पुन लगायतले बिदाइ मन्तव्य राखेका थिए । बिदाइ भै जान लागेका शाखा प्रमुख अधिकारी ले ताराखोला गाउपालिका मा पशु साखा प्रमुख भै काम गर्दा का अनुभव हरु राखेका थिए । कार्यक्रम शिक्षा शाखा प्रमुख दिपक सुवेदी को संचालन र ताराखोला गाउपालिका अध्यक्ष प्रकाश घर्ती को अध्यक्षता मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *