Menu

तुसली नगरमा प्रेम कुमारीको शव ! हत्या कि आत्महत्या ?

दिनेश शर्मा, बुर्तिवाङ २०७५ असार २६ । बुर्तिवाङ बजारको तुलसी नगरमा एक महिलाको शव सँजिवलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ ।

तमानखोला गाउपालिका खुँखानी घर भै बुर्तिवाङ तुल्सी नगरमा छोरा पढाउन डेरा गरी बस्ने भरत बहादुर बिककी ३७ वर्षिया श्रीमती प्रेम कुमारी बिक झुण्डिएको अवस्थामा देखेपछी निजका भाईले प्रहरीलाई सूचना दिएका थिए ।

एकै घरमा डेरागरी बस्ने मृतका भाई ख बहादुर बिकले विहान ६ बजेतिर दिदी झुण्डिएको अवस्थामा देखेपछी भिनाजु भरतलाई खबर गरेपछी भरत गएर दिदीको घाँटीको डोरी काटेको श्रोतले बतायो । उनिहरु हिँजो राति एकै ठाउँमा खानपिन गरेर आफ्नो कोठामा सुत्न गएको पनि मृतकका भाई ख बहादुरले बताएका छन् ।

प्रहरीले अनुसन्धानका लागी मृतकका श्रीमान भरत बहादुर बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघी बढाएको प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागी बुर्तिवाङ स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *