Menu

आजको तस्वीर : यसरी पो हुने रै’छ बागलुङ पूर्ण खोपयुक्त जिल्ला !

बागलुङ २०७५ असार २५ । बागलुङलाई आज पूर्ण खोपयुक्त जिल्ला घोषण गरिदै छ । कालीगण्डकी सिनेमा हलमा विविध कार्यक्रमहरुको आयोजना गरी भव्यरुपमा घोषणा सभा चलि रहेको छ । जिल्लाका विविध भागहरुबाट पन्चेवाजा लगायतका टोलीहरुले घोषणा सभामा सहभागिता जनाई रहेका छन् । केहि समय पछी माननीय सामाजिक विकास मन्त्री नरदेवी पुनबाट घोषणा हुने कार्यक्रम रहेको छ ।

आज भैरहेको बागलुङ पूर्ण खोपयुक्त जिल्ला घोषणा सभाको तामझामलाई हेर्दा यस अघी बहुचर्चित खुला दिसामुक्त जिल्ला घोषणा सभाको झझल्को दिएको दर्शकहरुले बताए । घोषणा सभा अझ खुला मैदानमा आयोजना गरेको भए गिनेचुनेकाले मात्र नभएर आम नागरिकले यसको स्वाद लिन पाउने थिए भन्ने आम नागरिकको आवाज बाहिर सुनिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *