Menu

पत्रकार महासंघ बागलुङ अब आफ्नै भवनमा

बागलुङ, २०७५ असार २५ । नेपाल पत्रकार महासंघ बागलुङ आज नवनिर्मित भवनमा गृह प्रवेश गरेको छ । बागलुङमा महासंघको शाखा स्थापना भएको १८ औँ स्थापना दिवसका अवसरमा गृह प्रवेश गरिएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल लगायतके समुपस्थिति रहेको थियो ।

गत वर्ष असार महिनादेखि भवन निर्माणमा जुटेको महासंघ भवनको २ तला पुरा भए पछि आजको शुभसाईतमा गृहप्रवेश गर्दै चियापानको आयोजना गरेको थियो । यस अघी भाडाको घरमा पत्रकार महासंघको कार्यालय रहेको थिया ।

नव वर्ष २०७५ को सुरुदेखि आफ्नै कार्यालयदेखि कार्यालय संचालन गर्ने भनिए पनि भवनको निर्माण कार्य पूरा नभए पछि महासंघको स्थापना दिवस पारेर गृह प्रवेश गरेको अध्यक्ष दिल शिरिषले बताए ।

भवन निर्माण कार्यमा हाल सम्म रु ७५ लाख खर्च भैसकेको बताउदै भवनको कुल लागत रु १ करोड ३० लाखको भएको शिरिषको भनाई छ । नयाँ आर्थिक वर्षमा भवनको थप एक तला थप्ने महासंघले जनाएको छ ।

भवनको थप एक तला थप्नका लागि बागलुङ नगरपालिकाले ७ लाख बजेट विनियोजन गरेको र बागलुङका अन्य स्थानीय तहहरुबाट पनि बजेट निकासी गरेर भवनको ३ तला पुरा गर्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *