गजल : ज्युदा संगै मर्दा संगै मर्नु तिमी भाग्यमानी ।

यी नजरमा सानु पर्नु तिमी भाग्य मानी ।
मनमा बस्नु माया गर्नु तिमी भाग्य मानि।।

उपहारमा अग्लो पुल र गुफाहरु दिउला।
पुल हुँदै फलेवास तर्नु तिमी भाग्यमानी ।।

बलेवा र कुस्मा जोड्ने केवुलकार चढौली ।
झनै भाग्य कुस्मा बजार झर्नु तिमी भाग्यमानी ।।

सार्बजानिक गरिदिउला दिल्की रानी भनी ।
यै काखमा बसि मुस्कान छर्नु तिमी भाग्यमानी ।।

अटुट अफुट वाचाकसम खाउला गुप्तेस्वरमा ।
ज्युदा संगै मर्दा संगै मर्नु तिमी भाग्यमानी ।।

एन पि घायल
कुस्मा पर्बत ।

la sir aaja yo post g

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *