Menu

असारे मेलाको पाँचौ दिन विभिन्न खेल सम्पन्न, मेला थप १ दिन लम्बियो !

पूर्णभद्र निउरे, ताराखोला २०७५ असार २४ । आसारे युवा क्लब को आयोजना मा ताराखोला मा संचालित असारे मेलाको आज पाँचौ दिन पुरुष भलिबलका तेस्रो चरणका खेल र साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

आज सम्पन्न खुल्ला वडास्तरिय पुरुष भलिबल प्रतियोगिता तेस्रो चरणको खेलबाट रुस्दी युवा क्लब हरिचौर , शिध्द भैरब फर्निचर उध्योग हरिचौर , असारे युवा क्लब तारा र देउराली युवा क्लब हिल सेमिफाइनलमा प्रबेश गरेका छन ।

त्यसै गरि ८ समूह को सहभागीता रहेको महिला भलिबल प्रतियोगिताको आज सम्पन्न पहिलो चरणको खेलबाट सरस्वती युवा क्लब पाण्ड्बखानी र मिरमिरे युवा क्लब तारा दोस्रो चरणमा प्रबेश गरेका छ्न । त्यसै गरि आज राष्ट्रिय कलाकार वसन्त थापा, खिमा रोका , खगेन्द्र बिश्वकर्मा र फौज कटुवाल संगै पोखरा लोक सङ्गीत समूहको साङ्गीतिक प्रस्तुती रहेको थियो ।

मेला आज सकिने भनिए पनि भलिबलमा सर्बाधिक समूहको सहभागीता रहेको कारण थप एक दिन लम्बिएको असारे युवा क्लबका अध्यक्ष प्रकाश रोका ले बताए ।

भोलि मेलाको अन्तिम दिन पुरुष तथा महिला भलिबलका बाकी खेल, सामुहिक लोक नृत्य र पुरुष तथा महिला रास्साकस्सीका साथमा कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *