Menu

नरेठाँटीका किसानहरुलाई उन्नत जातको बाख्रा वितरण

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार २४ । गल्कोट नगरपालिकाको नरेठाटीमा दलित र बिपन्न बर्गका लागी उन्नत जातको बाख्रा बितरण गरिएको छ । गल्कोट नगरपालिकाको ३ लाखको आर्थिक सहयोगमा वडा नम्बर २ नरेठाटीका दलित र अति बिपन्न बर्गका ब्यक्तिहरुलाई प्रतिब्यक्ति एक एक ओटा बाख्रा बितरण गरिएको गल्कोट नगरपालिका २ का अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तले ईबागलुङलाई बताए ।

सो अवसरमा बोल्दै अध्यक्ष भण्डारीले बाख्रालाई ब्यवस्थित तरिकाले पालन गरेर यसबाट मनग्य आम्दामी गर्न आग्रह गर्दै राम्रो संग हेरचाह गरेर पालन गरे केहि वर्षमा बाख्राबाट धेरै लाभ लिन सतिाए ।े यसैबाट आफनो जिविकोपार्जन गर्न सकिने भण्डारीको भनाई थियो ।

कार्यक्रममा अहिले प्रात्त गरेका दलित तथा बिपन्न बर्गका ब्यक्तिहरुले पाठी उत्पादन भए एउटा पाठी आफु जस्तै बिपन्न परिवारलाई दिने बताएका छन । नरेठाटी वडाभित्रका २५ जना दलित र बिपन्न बर्गका ब्यक्तिहरुलाई बाख्रा बितरण गरिएको वाड सदस्य भक्त बहादुर घर्तिले जानकारी दिएका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *