Menu

आजको तस्वीर : जति पिएपनि प्यास नबुझ्ने ढोरपाटनको जल !

बुर्तिवाङ २०७५ असार २३ । बागलुङ जिल्लाको सुदूर पश्चिममा अवस्थित ढोरपाटन उपत्यका प्राकृतिको अनुपम सौन्दर्यको पर्यायवाची बनेको छ । वर्षा सँगै आन्तरिक पर्यटकहरुको चाप केहि घटेपनि ढोरपाटनको सौन्दर्य निहार्न दिनहुँ जसो मानिसहरु पुग्नेक्रम थामिएको छैन ।

ढोरपाटनको सौन्दर्य जति हेरिरहेपनि धीत मर्दैन, त्यहा कलकल बग्ने जल जति पिएपनि प्यास बुझ्दैन, फर्कीफर्की गईरहँु जस्तो ढोरपाटनको रमणीयता जति निहारे पनि मन भरिन्न । यस्तो अनुपम सौन्दर्यको खानी ढोरपाटन घुम्न पुगेको ढोरपाटन नगरपालिकाकी उप प्रमुख करमती पुनमगरले आज पानी पिएर प्यास बुझाउदै गरेको रमणीय तस्वीर फेसबुकमा पोष्ट गरेर ढोरपाटनको गरिमालाई जगजाहेर गरेकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *