पार्टी सुदृढीकरणमा लाग्न पार्टीका कार्यकर्ताहरुलाई नेता बदलको आग्रह !

कृष्ण कँडेल, बुर्तिवाङ २०७३ फागुन १६ । नेकपा माओवादी केन्द्र एरिया नम्बर–२, प्रस्तावित ढोरपाटन नगरपालिकाको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम आईतबार बुर्तिबाङमा सम्पन्न भएको छ ।

माओवादी बरिष्ठ नेता रामबहादुर थापा बादलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादीको निसीखोला, तमानखोला र बडीगाड गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेता बादलले संविधान कार्यान्वयनका लागि निर्वाचनको घोषणा भएको भन्दै मधेश लगायतका ठाउँमा रहेका असन्तुष्टि संविधान संसोधन मार्फत सम्बोधन गरेर संविधानको व्यवस्था अनुसार तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका थिए । उनले स्थानिय रुपमा संगठन विस्तार, पार्टी प्रशिक्षण जस्ता पार्टी सुदृढिकरण जुट्न नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।

कार्यक्रममा पोलिटव्युरो सदस्य लिलबहादुर थापाले संविधान कार्यान्वयनबाट मात्र प्राप्त उपलब्धिको संस्थागत गर्न सकिने बताए ।

पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक चन्द्रबहादुर बुढा सागरले फागुन २५ गते भित्र गाउँ तथा नगरपालिकाको वडा सम्मेलन सम्पन्न गर्नुपर्ने कार्यतालिका रहेकाले त्यसतर्फ लाग्न निर्देशन दिएका थिए ।

सो अवसरमा एरिया ईन्चार्ज, तथा वडापालिका सम्मेलन आयोजक समितिका पदाधिकारीले आफ्नो कार्यक्षेत्रका वडा सम्मेलन तयारीका विषयमा छुट्टा छुट्टै समुहमा छलफल गरेका थिए ।

कार्यक्रम नेकपा माओवादी केन्द्र ढोरपाटन नगरपालिका, एरिया नम्बर–२ का ईन्चार्ज राजेन्द्र कुँवरको अध्यक्षता, निसीखोला गाउँपालिका ईन्चार्ज प्रेम घर्तीको स्वागत र ढोरपाटन नगरपालिका सहईन्चार्ज चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *