Menu

काठमाडौ देखी बलेवा रित्तै आयो नेपाल एयरलाईन्सको बिमान !
बिहीबारको उडानमा नपुग १८ जना यात्रुको हर्जाना बापत रु १ लाख ८ सय नगरबासीको टाउकोमा !

बागलुङ २०७५ असार २२ । हिँजो बिहीबार काठमाडौँबाट बलेवाको लागि उडान भरेको नेपाल एयरलाईन्सको बिमान रित्तै थियो अर्थात काठमाडौ देखी बलेवा आउने एकजना यात्रुपनि थिएनन् । यता बलेवाबाट काठमाडौ जानलाई जम्मा ६ जना यात्रु बलेवा बिमानस्थलमा प्रतिक्षारत थिए । तिनै ६ जना यात्रु लिएर नेपाल एयरको बिमान काठमाडौलाई उडेको थियो ।

बिमान हेर्न बिमान स्थलमा आएका स्थानीयहरुले बिमान खाली आएपछी यसरी पनि नगरपालिकाको रकम दुरुपयोग भएको कसरी हेर्ने भन्दै तीखो टिप्पणी गरेका थिए । एक जना स्थानीयले त यस अघी तारा एयरको बिमान काठमाडौमा एक जना यात्रुले मात्र टिकट लिएका र बलेवामा जम्मा ३ जना यात्रु भए पछी उडान रद्द गरिए जस्र्त नेपाल एयरको उडानपन रद्द हुनु पथ्र्यो भन्दै थिए तर तारा एयरले यात्रु थोरै भएर रद्द गरेको नभै विमानको अभाव भएकोले रद्द भएको जनाएको श्रोतले बतायो ।

बिहीबारको उडानमा बागलुङ नगरपालिकाकाले नेपाल एयरलाईन्सलाई नपुग १८ जना यात्रुको भाडा प्रति यात्रु रु ५ हजार ६ सयले जम्मा १ लाख ८ सय रुपयाँ हर्जाना दिुन पर्ने भएको छ ।

काठमाडौँ बलेवा काठमाडौ उडानमा कम्तीमा २४ जना यात्रु नभए जति नपुग हुन्छ त्यतिको भाडा नगरपालिकाकाले व्यहोर्नु पर्ने दुई बिमानन कम्पनिहरुसंग त्रिपक्षीय लिखित सम्झौता गरे यता झण्डै ४ महिनामा २० लाख रुपयाँ भन्दा बढी क्षेती नगरपालिकाले नेपाल एयर र तारा एयर दुई बिमान कम्पनीहरुलाई बुझाई सकेको छ ।

यसरी बागलुङ नगरपालिकाले नगरबासीबाट संकलित राजश्व रकमबाट प्रत्यक उडानमा हजारौँ .रुपयाँ हर्जाना बापत बिमानन कम्पनीहरुलाई बुझाई रहँदा सरोकारवालाहरु मौन छन् । आफ्नो दलको बहुमतको घमण्डले जुन काम नगरप्रमुखले गरेका छन् त्यो गैह्र जिम्मेवार त छँदैछ यसले सम्पूर्ण नगरकार्यपालिकाको बदनामी भैरहेको छ ।

आम नगरबासी भनिरहेका छन्, अति भयो !!!

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *