यो गाँजाको नशा भन्दा तिमी कडा रहिछौ प्रिया !

तिमीले गर्ने मायाँ पनि नाटक जस्तो लाग्छ,
तिम्रा हरेक नजर त्यस्तै घातक जस्तो लाग्छ,
लाग्छ सायद यहि होला अचेत पार्ने औषधी,
लठ्याउने ओँठको प्याला मादक जस्तो लाग्छ,
***
यो गाँजाको नशा भन्दा तिमी कडा रहिछौ प्रिया,
बुझेर हो कि नबुझी साह्रै लफडा रहिछौ प्रिया,
शिवको प्रसाद खाँदा पनि कान समाउँनु पर्यो,
एक झापडमा राग मेटाउने तगडा रहिछौ प्रिया !
***
सुन, ए साथी, खोला छ पानी छैन,
आरामदायी बिछ्यौना छ सिरानी छैन,
बर्षाको अभाबमा हिउँदमा सुकेको खोली जस्तै
जिउन बाँकी उमेर छ तर जवानी छैन !
***
सदावहार तिम्रा रातहरु रङ्गीन बन्दैछन्,
लगातार तिम्रा रातहरु रङ्गीन बन्दैछन्,
अस्ति रङ्गीयौ, हिजो रङ्गीयौ, आज पनि रङ्गीदै छौ,
प्रत्येकबार तिम्रा रातहरु रङ्गीन बन्दैछन् !
***
यौवनको नशामा झुमेर गयौ,
मायाको सुमेरु घुमेर गयौ,
निकै प्रेमका साथ अंगालेको थिएँ
कोमल ओठहरु चुमेर गयौ !

मुक्तककार- राजेन्द्र ढकाल,
नारायणस्थान, बागलुङ
२०७३ फागुन १६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *