Menu

गजल : सिउँदो पनि रैछ खाली क्या सुहाउने रैछ !

राता ओठमा रातै लाली क्या सुहाउने रैछ ।
झुम्के फूली कुर्ता जाली क्या सुहाउने रैछ ।।

भगवानले नि र्फुुसदमा वनाएको हुनुपर्छ
हेरेँ कसम हाल्दै पाली क्या सुहाउने रैछ ।।

यिनै हातले त्यो शिरमा छर्न पाए सिन्दुर ।
सिउँदो पनि रैछ खाली क्या सुहाउने रैछ।।

छाला सेतो हुनेको मन कालो नि हुनसक्छ ।
छौ कि छैनौ हँ दिलवाली क्या सुहाउने रैछ ।।

चिरिच्याट्ट मिलेको ज्यान र त लयौ ध्यान।
वनाउन पाए मेरै काली क्या सुहाउने रैछ ।।

निर्मल पौडेल एन पि घायल
कुस्मा पर्वत ।
२०७५ असार २१

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *