अनैतिक सम्वन्ध स्थापित गरेको देख्ने बालिकाको हत्या !

काभ्रे, २०७५ असार २१ । बालिकाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय बासिन्दाले कुटपिट गर्दा तिमाल गाउँपालिका–१ आधा बाटोस्थित मजदुरी गरी बस्ने बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरी घाइते भएका छन् ।

तिमाल गाउँपालिका–१ आधा बाटो बस्ने २१ वर्षीया महिला र मन्सुरीबीच बुधबार कुखुराको खोरमा अनैतिक सम्बन्ध कायम गर्न लागेको अवस्थामा सोही ठाउँ बस्ने १० वर्षीया एलिसा तामाङले देखेपछि होहल्ला हुने डरले मन्सुरीले एलिशालाई घरबाट लिई करीव ५० मिटर टाढा चौतारामा लगेर हत्या गरेको थाहा हुन आएको प्रहरीले जनाएको छ ।

एलिशाको हत्या गरी भाग्दै गरेको अवस्थामा स्थानीय वासिन्दाले मन्सुरी र ती महिलालाई कुटपिट गर्दा दुवैजना घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *