मृतकका परिवारलाई पोखरा समाज बागलुङव्दारा सहयोग हस्तान्तरण !

प्रकाश छन्त्याल, बागलुङ लुरुङ २०७५ असार १७ । गत सोमबार राति परेको वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवार तथा धुल्लुबास्कोटका विस्थापित घरपरिवालाई पोखरा समाज बागलुङले नगद रु १ लाख १ हजार १ सय ११ रुपैया आर्थिक सहयोग गरेको छ ।

पोखरा समाज बागलुङ बागलुङका अध्यक्ष कुलचन्द्र शर्मा र सदस्य द्वय भागिरथ शर्मा र तिलक थापा, बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगाएतको टोलीले मृतक तथा विस्थापित परिवारका घरमै पुगेर आर्थिक सहयोग गरेको हो ।

अध्यक्ष शर्माले घरबास गुमाएकाहरुका लागी क्षतिको प्रकृति हेरेर राहत हस्तान्त्रण गरिएको बताउँदै देश विदेशमा रहेका सम्पुर्ण व्यक्ति संघसस्था लगाएतालई सहयोगको लागी अपील गरिएको समेत बताए।

प्राप्त राहतको सूचि अनुसार मृतकका छोरीहरु मञ्जु क्षेत्री र अस्मिता क्षेत्रीलाई एकमुष्ठ रु १ लाख १ हजार १ सय ११ र पदम बहादुर के।सी।का छोरा बर्ष ८ का मौषम केसी लाई रु ५ हजार ५ रुपैया राहत रकम हस्तान्तरण गरिएको छ ।

सोमबार राति परेको बाढीले धुल्लुबास्कोट लुरुङका विष्णु बहादुर क्षेत्री सहीत उहाँकी श्रीमति विष्णुमाया र ३ महिने छोरीको ज्यान गएको थियो भने धुल्लुबास्कोट र हुग्दिशिरमा गरी ३८ घरपरिवार विस्थापित भएका छन भने करोडौँको खेतबारीमा क्षेति पुयाएको थियो ।

स्मरणीयछ, जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रजिअ बेदप्रसाद खरेलले घटनास्थलमै पुगेर समितिका तर्फबाट मृतकका परिवारलाई रु ३ लाख राहत रकम प्रदान गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *