Menu

खर्वाङमा दुई दिने बाख्रा पालन तालिम सम्पन्न

कमल पौडेल, बडीगाड २०७५ असार १७ । बडीगाड गाउपालिकाको सहयोग, महिला तथा वालबालिका सशक्तिकरण केन्द्रको आयोजनामा २ दिने व्यावसायिक बाख्रा पालन तालिम खर्वाङमा सम्पन्न भएको छ। तालिममा वडा नं ३, ८, र १० का ११ जना व्यावसायिक कृषकहरू को सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा वडा नं २ का अध्यक्ष हिमा खरेल, पशु प्राविधिक महेन्द्र पन्थी, लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष विना थापाले गरेकी थिईन भने संचालन केन्द्रकी सचिव मायाँ केसीको रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *