राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बागलुङको अध्यक्षमा भण्डारी !

बागलुङ २०७५ असार १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको जिल्लास्तरीय भेला शनिबार बागलुङमा सम्पन्न भएको छ । भेलामा बोल्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष महेश बहादुर सिंहले सम्पुर्ण देशभक्त प्रजातान्त्रिक तथा सिर्जनशिल विद्यार्थीहरु एक जुट हुन आग्रह गर्दै विद्यार्थीहरुले देशको हरेक आन्दोलनमा महत्वपुर्ण भुमिका खेल्ने हुँदा युवा विद्यार्थीहरु संगठनप्रति उत्तरदायी हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका उपाध्यक्ष तथा प्रदेश नं. ४ का संयोजक सन्दिप धमलाले पार्टिको हरेक आन्दोलनका साथमा विद्यार्थी संगठनले पनी साथ दिने बताए ।

भेलाले हरि बहादुर भण्डारी (रमेश) को अध्यक्षतामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बागलुङको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा चिरन श्रीष र अजय कार्की सचिवमा सन्दिप राजभण्डारी, सहसचिवमा अर्जुन खड्का, कोषाध्यक्षमा अटल अधिकारी र सह कोषाध्यक्षमा सुर्य सापकोटा रहेका छन ।

त्यसै गरी समितिको सदस्यहरुमा रोहन खड्का, रोशन खत्री, विवेक केसी, विशाल थापा, संजय बोगटी, राजन जिसी, असिम खड्का, रविन थापा, सुजन क्षेत्री, रिजन श्रीष, गोकुल सापकोटा, मिलन खत्री क्षेत्री, र अजय थापा रहेका छन ।

राप्रपाका जिल्ला सदस्य सञ्जय खड्काको अध्यक्षता राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन धौलागीरी बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष सदानन्द गिरीको स्वागत र स्ववियु सदस्य हरिबहादुर भण्डारी (रमेश) को संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *