खर्वाङमा जलवायु परिवर्तन र असर विषयक तालिम तथा अन्तरक्रिया सम्पन्न !

कमल पौडेल बडीगाड (खर्वाङ) २०७५ असार १६ । बडीगाड गापाको आर्थिक सहयोग बडा नं २ को आयोजना तथा रेडियो सारथिको समन्वय मा १ दिने जलवायु परिवर्तन र यसका असर विषयक तालिम तथा अन्तरक्रिया कार्यक्रम खर्वाङमा सम्पन्न भएको छ।

तालिममा वडा नं २ भित्र का सामुदायिक वनका ३२ जना उपभोक्ता समिति का पदाधिकारी को सहभागीता रहेको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, वडा नं २ का कावा अध्यक्ष हिमा खराल, महिला सशक्तिकरण केन्द्रका अध्यक्ष विना थापा, बडीगाड गाउपालिका स्वास्थ्य शाखा प्रमुख निरञ्जन यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ बडीगाडका संयोजक दुर्गा अर्यालको अध्यक्षता, ढालेन्द्र शेरचनको स्वागत मन्तव्य तथा तालिम संयोजक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *