Menu

जीवनको यात्रामा कतै लडिन्छकी भन्ने डर लाग्छ

जीवनको यात्रामा कतै लडिन्छकी भन्ने डर लाग्छ
यातयातका साधन भन्दा आफ्नै खुट्टाको भर लाग्छ
सायद सम्भब हुने भए हिडेरै संसार घुम्थे होला
बिश्व सांघुरो बनाउने यिनै साधन चढ्न कर लाग्छ !
***
तिमीले भन्ने शब्दका भेल याद आउछन
तिम्रा मिठा कुराहरु बाचुन्जेल याद आउछन्
कोही थिएनौ मेरो केही दिन अघिसम्म
पहिले खासै सम्झिन्नथे अचेल याद आउछन !
***
यो शहर अनि रहर उस्तै उस्तै लाग्छ
यहाँ अमृत अनि जहर उस्तै उस्तै लाग्छ
शहरमा जिउन गाह्रो जहर पिउन गाह्रो
दिन अनि रात सबै प्रहर उस्तै उस्तै लाग्छ !

झलक काउचा
बागलुङ ।
हाद दक्षिण कोरिया
२०७५ असार १६ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *