Menu

१९औ मिलो अन्तराष्ट्रीय च्याम्पियनशिपमा भाग लिन नेपाली टोली मलेशियामा !

भरत सापकोटा, बागलुङ २०७५ असार १६। मलेसियामा हुन लागेको १९ औँ मिलो अन्तराष्ट्रिय च्याम्पीयनशिप २०१८ मा सहभागी हुन ६ सदस्यीय नेपाली टोली मलेसिया पुगेको छ । नेपालबाट प्रतिनिधित्व गर्दै बागलुङ काठेखोला गाउँपालिका ५ बिहुँकोट बाट बिहुकोट कँराते डोजोबाट ४ खेलाडी र प्रशिक्षकको सहितको टोली मलेसिया पुगेका हो ।

जुन २९ र जुलाई १ मा हुने खेलमा ३५ केजी समुहमा सुगम गुरुङ, अमृत केसी र सुरज कँडेल तथा ४० केजी समुहमा शिशिर पुन खेल्ने प्रशिक्षक कृष्ण प्रसाद कँडेलले जानकारी दिए ।

विभिन्न देशका ६ सय ५० खेलाडी सहभागी हुने खेलमा ग्रामीण भेगको सिंगो टिमले नै मौका पाउनु सकरात्मक पक्ष भएको बताउदै प्रशिक्षक कँडेलले भने हामी यस्ले अत्यन्तै खुशी छौ ।

केहि बर्ष पहिला मात्र स्थापना गरेको बिहुँकोट काराते ग्रामीण क्षेत्रको हुनु र अन्तराष्ट्रिय प्रतियोगिता सहभागि हुन पाउनु विकट क्षेत्र मैं भएपनि प्रतिभा र क्षमतावान व्यक्ति लुकेर बस्नेदिन नरहेको उनको कथन थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *