पर्वतमा रोपाईँ महोत्सव : ‘सुखी नेपाली, समृद्ध नेपाल’ वनाउने सपना कृषि वाटनै पुरा हुन्छ : सांसद गिरी

निर्मल पौडेल, पर्वत २०७५ असार १५ । प्रतिनिधि सभाका सदस्य पदम गिरीले सुखी नेपाली अनि समृद्ध नेपालको सपना कृषि वाटनै पुरा हुने वताएका छन् । १५ औं राष्ट्रिय धानदिवसको अवसरमा शुक्रवार पर्वतको मोदी गाउँपालिका २ देउपुरमा किसानको खेतमा आली लगाउँदै गिरीले यस्तो वताएका हुन् ।

नेपाल कम्युनिष्ठ पार्टी निकट साविकको युवा संघ र वाईसियल पर्वतका युवाहरुले आयोजना गरेको कार्यक्रममा गिरीले कृषिमा आधुनिकिकरण वैज्ञानिकीकरण र व्यवसायिकरण गर्दै परनिर्भरतालाई न्युनिकरण गर्ने वताए । सांसद गिरीले भने “कृषि प्रधान भनिएको देशमै मासिक औसत २ अर्ब मूल्य बराबरको धान विदेशबाट आयात गर्नुपर्ने अवस्था छ जवकि नेपालले उत्पादन भएको २० प्रतिशत धानमात्र विदेश निर्यात गर्छ ।” परनिर्भरताको अन्त्य वर्तमान सरकारले गर्ने गिरीको जिकिर रहेको छ ।

कृषकहरुलाई राज्यले न्युनतम शुल्कमा मल विउ प्रदान गरिनुपर्ने, खेतियोग्य जमिन वाझिन नदिने तथा सिंचाईको असुविधा भएका स्थानहरुमा सिंचाइको व्यवस्था मिलाउनुपर्ने ,उपयुक्त खेतिका लागि जमिनको पहिचान गर्दै खेति गरिनुपर्नेमा उनको जोड थियो । गिरीले केन्द्र सरकारमा यस क्षेत्रको वृहत कृषि परियोजनाको आँफुले पहल गरिराखेको जानकारी दिए ।

त्यस्तै कार्यक्रममा नेकपा पर्वतका नेता गोविन्द पहाडीले व्यवसायिक कृषिवाटनै स्वरोजगारको सिर्जना र वेरोजगारको अत्य हुने वताए । पहाडीले युवा संघले आयोजना गरेको यो कार्यक्रमले कृषकहरुमा थप हौशला वढाउने भन्दै यस्ता कृषकमुखी कार्यक्रम आगामी दिनहरुमा पनि गर्दै जानुपर्नेमा जोड दिड दिए । पहाडीले उर्जाशिल युवाहरुले व्यावसायिक कृषिलाई आत्मासाथ गरे विदेशी भुमिमा पसिना वगाउनुपर्ने स्थितिको अन्त्य संगै देशमै लाखौ आम्दानी गर्न सकिने बताए ।

कार्यक्रममा नेकपा नेता मेघराज सुवेदीले असार १५ कृषक र सारा नेपालीहरुको विशेष चाड भएको भन्दै यस्ता चाडहरुलाई राज्यको तर्फवाटै छुट्टै रुपमा मनाउनुपर्ने वताए। त्यस्तै मोदी गाउँपालिकाका प्रवक्ता वडा नं ६ तिलाहरका अध्यक्ष विमल लामिछानेले आफ्नो वडामा कृषिका योजनाहरुमा आँफुले कुनैपनि ठाउँमा कमी नगरेको वताए । त्यस्तै यसवर्ष वाढी पहिरोलाई मध्यनजर गरी व्यवसायिक हिसावले यान्त्रिकरण त्यो भन्दा वढि रकम विनियोजन गर्ने वताए ।

कार्यक्रममा जिल्ला संघका पुर्व अध्यक्ष थमनारायण पौडेल, अध्यक्ष विकास तिमिल्सना, नेकपा नेता तथा साहित्यकार इश्वर गिरी, प्रगतिशिल युवा साहित्यकार अर्जुन पौडेल निर्जन लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेकपाका नेता ढाकाराम सापकोटा रेडियो कुशुमका स्टेशन प्रमुख कृष्ण अखेली,प्राविधिक दिपेश विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।
युवा सघ र वाइसियलका युवाहरुले ३ दिन युवा खेतमा भन्ने नाराका साथ आजदेखी देशव्यापि रुपमा रोपाईँ (हिले) महोत्सव मनाइरहेका छन् ।

मोदीमा असार पन्ध्रमा दहि चिउरा पोलेका मकै र पुदिनाको चटनी खाँदै हिलो खेलिएको वताइएको छ । रोपाइ कार्यक्रमको सामुदायिक रेडियो कुशुमले प्रत्यक्ष प्रसारण गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *