Menu

अविरल वर्षाले मध्यपहाडी लोकमार्गको बामियाँ पुल जोखिममा, प्रजिअ खरेलव्दारा अनुगमन !

गुमानसिँह भण्डारी, गल्कोट २०७५ असार १५ । वर्षा सुरु भएसँगै सोमबारको बाढीले बामियाँ खोलाको पश्चिम किनार कटान गरेपछि बामियाँमा रहेको मोटरएवल पुल उच्च जोखिममा परेको छ । बामियाँ र आगाँखेतको सीमामा रहेको उक्त पुल गत सोमबार आएको बाढीले पुलको पश्चिम भागमा क्षति पुयाएको हो । बाढीले पुलको पश्चिम खण्डको दायाँबायाँ कटान गरी खाडल पारेपछि कुनैपनि आवागमन ठप्प हुने अवस्थामा पुगेको छ । पुलको अगाडि पट्टिको पिलर आसपासको माटोसमेत बगाएपछि जोखिम बढेको हो । पूर्वी भाग क्षति भएपछि पुलबाट जोखिम मोलेर आवातजावत गनुपर्ने बाध्यता परेको छ । यसले आवागमन असहज बनेको स्थानीयले बताएका छन ।

मध्यपहाडी लोकमार्ग बागलुङ बुर्तिबाङ जोड्ने गल्कोट नगरपालिका ७ मल्म बामियाँको उक्त पुलमा जोखिम बढेपछि आज बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले स्थलगत अवलोकन गरेका छन् । प्रजिअ खरेलले बडीगाड गाउपालिकाको क्षतिको अनुगमन गरि बागलुङ फकर्दै गर्दा गल्कोट नगरपालिका भित्रको मध्यपहाडी लोकमार्ग र आसपासमा भएका क्षतिको बिषयमा स्थलगत अवलोकन गरेक। अवलो हुन् ।

अबलोकनका क्रममा प्रजिअ खरेलले सर्वप्रथम गल्कोट नगरपालिकालाई क्षतिको बिषयमा जानकारी गराउने र त्यहाँबाट सम्भव नभए नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई निवेदन पठाउनुपर्ने बताए । प्रजिअ खरेलले मध्यपहाडी लोकमार्ग अन्तर्गत बामियाँको मोटरएवल पुल, मल्मको दिवज्योति आधारभुत बिद्यालय नजिकको हुलुवा खोलाले पु¥याएको क्षति, मल्म फिरफेरे डाडाँमा गएको पहिरोका स्थलगत अवलोकन गरेका छन् । टोलीमा सड्क डिभिजन कार्यालयका ईन्जिनिर, गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचा, वाड नम्बर ७ का अध्यक्ष सु टिका बहादुर थापा, शंकरमालि निर्माण सेवाका सञ्चालक, सुरक्षाकर्मी, पत्रकार र स्थानियको सहभागीता रहेको थियो ।

स्थानियका अनुसार पुल वरपर भएका ढुङगाहरु अवैध रुपमा बिक्रि बितरण भएपछि सामान्य बाढीमा पनि क्षति हुन थालेको बताएका छन । केहि ब्यक्तिले आफनो ब्यक्तिगत फाईदाका लागी ढुङगा बेचेको भन्दै पुलले सानोतिनो बाढीसमेत झेल्न नसक्ने देखिएको गुनासो गरेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *